२ लाख ६० हजार मूल्यमा होन्डा ‘यूनिकर्न १५०’ काे बिक्री सुरु

काठमाडौं । नेपाली बजारमा लामो समयसम्म १५० सीसी सेग्मेन्टमा उत्कृष्ट प्रदर्शन गरेको मोटरसाइकल होन्डा यूनिकर्न १५० पुनः नेपाली बजारमा भित्रिएको छ । केहि सयम बिक्री बन्द भएको यो मोटरसाइकल कम्पनीले भित्र्याएको हो ।

होन्डा मोटरसाइकलको नेपालका लागि आधिकारीक वितरक स्याकार ट्रेड्रिङ कम्पनीले यो मोटरसाइकलको मूल्य २ लाख ५९ हजार ९ सय रुपैयाँ निर्धारण गरेको छ । यसका साथै कम्पनीले स्क्याच अफरसमेत ल्याएको छ । यो अफरमा ४ हजारदेखि १ लाखसम्म जित्न सकिने कम्पनीले जनाएको छ ।

नेपाली बजारमा फेमेली मोटरसाइकलको रुपमा लोकप्रिय रहेको यो मोटरसाइकल सबै वर्ग र उमेर समूहका ग्राहकले रुचाएको मोटरसाइकल पर्छ । कम्पनीले सीबी यूनिकर्नको ग्राफिकमा परिर्वतन गरेर बजारमा उतारेको छ भने, मेकानिकल पाटर्समा कुनै परिवर्तन गरेको छैन ।

नयाँ यूनिकर्नमा १४९ सीसीको सिगंल सिलिन्डर एयरकूल्ड इन्जिन दिइएको छ । उक्त इन्जिनले ८००० आरपीएममा १२.७ बीएच पावर तथा ५५०० आरपीएममा १२.८० एनएम टर्क जेनेरेट गर्छ । उक्त मोटरसाइकलमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।

कम्पनीले यो मोटरसाइकल ईको टेक्नोलोजीमा बनाएको छ । होन्डाले हाल निर्माण गर्ने नयाँ मोटरसाइकल ईको टेक्नोलोजिमा निर्माण गर्ने गरेको छ ।

यूनिकर्न १५० मोटरसाइकलमा स्टाइलिस एनालग कन्सोल, सिगंल पिस बल्ब हेडलाइट, फराकिलो सिट, थ्री डी होन्डा लोगो, ५ कालो अलोय ह्वील जस्ता विशेषता समेटिएको छ ।

यसको फ्रन्टमा टेलिस्कोप फर्क र रियरमा मोनोशक दिइएको छ । यो मोटरसाइकलको फ्रन्ट चक्कामा २४० एमएमको डिस्क ब्रेक र रियरमा १३० एमएमको ड्रम ब्रेक दिइएको छ ।


Back_to_top