मिड वेट सेग्मेन्टमा नयाँ एड्भेन्चर मोटरसाइकल ल्याउँदै केटीएम

काठमाडौं । केटीएम मोटरसाइकलले मिड वेट सेग्मेन्टमा नयाँ एड्भेन्चर मोटरसाइकल ल्याउने भएको छ । कम्पनीले मिड साइज डबल सिलिण्डर इन्जिन भएको एड्भेन्चर मोटरसाइकल परीक्षण गरिरहेको तस्बिर बाहिर आएको हो ।

परीक्षणको क्रममा देखिएको मोटरसाइकल मिड प्रोटोटाइप टेस्टिङ स्टेजमा रहेको छ । यसको इन्जिन भने प्रोडक्सन मोडल जस्तो देखिन्छ । यसको बडिवर्क धेरै हदसम्म अधुरो नै देखिन्छ ।

डबल पर्पस सेग्मेन्टमा निर्माण गरिने केटीएमको नयाँ एड्भेन्चर मोटरसाइकलमा ४५० वा ६९० सीसी क्षमताको कुनै एउटा र्याली बेस्ड ट्वीन सिलिण्डर इन्जिन हुनसक्ने अनुमान गरिएको छ ।

झट्ट हेर्दा एड्भेन्चर ७९० जस्तै देखिने यस मोटरसाइकलमा आकर्षक नयाँ एलईडी हेडल्याम्प सेटअप, वीन्ड स्क्रीन, नयाँ स्वीङ आर्म, नयाँ एग्जस्ट, डबल डिस्क ब्रेक, अफरोड एबीएस, वायर स्पोक ह्वील र प्रपर अफरोड टायर दिइएको छ । साथै, यसमा राइडरलाई आवश्यक पर्ने सम्पूर्ण फिचरहरू हुने छन् ।

केटीएमले युरोपमा परीक्षण गरिरहेको यो मोटरसाइकल एड्भेन्चर ७९० कै नयाँ सानो भर्सन हुन सक्ने मिडिया रिपोर्टमा उल्लेख गरिएको छ ।

परीक्षणको क्रममा देखिए पनि कम्पनीले भने आधिकारिक रूपमा कुनै रिपोर्ट सार्वजनिक गरेको छैन ।


Back_to_top