काठमाडौं । कोरोनाका कारण बन्द भएको सवारी साधन चालक अनुमति पत्र (लाइसेन्स) को नयाँ आवेदन खुल्ने भएको छ । गत बैशाख १५ गतेदेखि बन्द रहेको नयाँ लाइसेन्सको आवदेन यहि साताको अन्तिमदेखि सुरु हुने भएको हो ।
विभागका अनुसार ढिलामा यहि शुक्रबारसम्ममा नयाँ आवेदन खुल्ने भएको छ ।
अब नयाँ आवेदन कर्ताहरुले नयाँ मापदण्ड अनुसरा ट्रायल परिक्षा दिनु पर्ने विभागले जनाएको छ । पुराना डेट लिएका परिक्षार्थिहरुको भने पुरानै प्रक्रियाबाट ट्रायल परिक्षा संचालन हुनेछ ।
विभागले गत साउन बाट लागु हुने गरि नयाँ ट्रायल मापदण्ड ल्याएको भएपनि त्यो हालसम्म कार्यन्वयनमा आउन सकेको थिएन् । अब नयाँ आवेदकहरुले भने नयाँ मापदण्ड अनुसार ट्रायल दिन पाउने भएका हुन् ।
नयाँ प्रणालि अनुसार अनुसार लिखित परिक्षाको अबधि ३० मिनेटको रहने छ । नयाँ ट्रायल मापदण्ड अनुसार १०० पुर्णांङकमा हुनेछ । परिक्षार्थिले ट्रायल परिक्षामा ७० अंक ल्याएमा लाइसेन्स प्राप्त गर्न सक्नेछन् ।

