एक प्रतिशतभन्दा कम व्याजदरमा प्रोटोनको कार किन्न पाइने

काठमाडौं । जगदम्बा मोटर्सले ०.९९ प्रतिशत व्याजदरमा कार किन्न कर्जा सुविधा दिने योजना सार्वजनिक गरेको छ । बजारमा १०/११ प्रतिशत व्याजदर पुगेको समयमा कम्पनीले एक प्रतिशतभन्दा कम व्याजदरमा कर्जा दिने योजना ल्याएको हो ।

कम्पनीले ल्याएको यो योजना असोज २४ गतेबाट सुरु भएको थियो भने छठसम्म कायम रहने छ । बैंक व्याजदर परिवर्तन भइरहेको समयमा कम्पनीले सस्तो व्याजदरमा प्रोटोन सागा र एक्स७० मोडल किन्न चाहने ग्राहकलाई लक्षित गरेर योजना सार्वजनिक गरेको जनाएको छ ।

गाडी किन्ने ग्राहकले आवश्यक कागजपत्र बुझाको ४८ घण्टामै कर्जा स्वीकृतगरी आफुले रोजेको प्रोटोन गाडी खरिद गर्न सक्नेछन्।

सस्तो व्याजदरको अलावा आफ्नो आवस्यकता अनुसार ग्राहकले २.९९ प्रतिशत, ५.९९, ८.९९ र ११ प्रतिशतसम्मको फरक फरक व्याजदरको स्कीम पाउने छन् । कम्पनीले जति धेरै डाउन पेमेन्ट त्यति नै थोरै व्याजदर स्कीम दिएकोले विभिन्न किसिमको फाइनान्स सुविधा उपलब्ध गराएको जनाएको छ ।

कम्पनीले विक्री गर्ने सागा मोडलको सुरुवाती मूल्य ३७ लाख ९९ हजार रहेको छ भने एक्स ७० को सुरुवाती मोडल ८६ लाख ९९ हजार रुपैयाँ रहेको छ । यसमा कम्पनीले चाडपर्व लक्षित स्कीम ल्याएर छुट दिइरहेको छ ।


Back_to_top