मारुति सुजुकी ‘वागेन आर’ अक्टुबरमा आउने, टाटा टियागोसँग प्रतिस्पर्धा

काठमाडौं । भारतमा मारुति सुजुकीले दिपावलीको अवसर पारेर अल–न्यू वागन आर (कोड नाम वाईसीए) लन्च गर्ने भएको छ । भारतीय मिडिया रिपोर्टका अनुसार, कम्पनीले हरेक महिना मारुति वागन आर को बिक्री १८,००० यूनिट पुर्याउने लक्ष्य लिएको छ । 

आर्थिक वर्ष २०१७–१८ मा वागन आर को बिक्री १ लाख ६८ हजार ६४४ यूनिट रहेको छ, जुन हरेक महिना १४,००० बराबर हो । कम्पनीले अब मासिक ४ हजार युनिटले बढाउने लक्ष्य लिएको छ । 

यो लेटेस्ट जेनरेसन वागन आर जापानमा भने बिक्रीको लागि उपलब्ध भइसकेको छ । भारतमा आउँदै गरेको कारमा टोन्ड–डाउन स्टाइल, र लामो बोनेट दिइने अनुमान लगाइएको छ । 

जापानमा रहेको वागेनार आरमा ६ सय ६० सिसि इन्जिन रहेको छ भने भारतमा आउने कारमा भने १.० लिटर इन्जिनको हुनेछ । 

इन्जिन ५–स्पिड म्यानुअल गियरबक्स र एएमटी अटोम्याटिक अप्सनको साथ आउनेछ । स्रोतका अनुसार, मारुति सुजुकीले आफ्नो वागेन आरमा नयाँ हर्टेक प्लेटफर्मलाई प्रयोग गर्नेछ ।

टाटा टियागोसँग गर्नेछ प्रतिस्पर्धा 

नयाँ मारुति सुजुकी वागन आरले टाटा टियागोसँग प्रतिस्पर्धा गर्नेछ । गत वर्ष, टाटा मोटर्सले आफ्नोे टियागो ह्याचब्याकको लिमिटेड एडिसन लन्च गरेको थियो । टाटा टियागोको लिमिटेड एडिसनमा ९ नयाँ सुविधाहरू समावेश गरिएका छन् । 

टियागोमा १.० लिटर डिजेल र १.२ लिटर पेट्रोल इन्जिन रहेको छ । यसको पेट्रोल इन्जिन (रेभोट्रोन) ले २३.८४ किलोमिटरको माइलेज र डिजेल इन्जिनले २७.२८ किलोमिटरको माइलेज दिन्छ ।


Back_to_top