काठमाडौं । जर्मन विलाशी कार उत्पादक मर्सिडिज–बेञ्जले गएको शुक्रबार भारतीय बजारमा नयाँ एएमजी ई–६३ एस सार्वजनिक गरेको छ । उक्त कारको सुरुवाती मूल्य १ करोड ५० लाख भारतीय रुपैयाँ तोकिएको छ । ई–६३ एससँंगै मर्सिडिजको भारतीय बजारमा एमएमजीको उपलब्ध मोडल १४ पुगेको छ ।
एमएमजी ई–६३ एसमा ४ लिटर बी–टर्बो भी–८ इञ्जिन रहेको छ, जसले ६ सय ३ बीएचपी र ८ सय ५० एनएम टर्क दिन्छ । यो कारले शून्यदेखि १ सय किलोमिटरको गति ४.३ सेकेन्डमै तय गर्न सक्छ । भारतमा एमएमजी ई–६३ एस टप स्पीड २ सय ४९ प्रतिघण्टा तोकिएको भए पनि चालकले चाहेमा यो कार ३ सय किलोमिटर प्रतिघण्टासम्म कुद्ने दाबी कम्पनीको छ । यो कारमा विभिन्न अत्याधुनिक विशेषताहरू रहेका छन् ।