काठमाडौं । अमेरिकाको हवाई दिपमा ज्वालामुखी बिष्फोटको कारण अहिलेसम्म २१ घर नस्ट भएका छन् । यो ज्वालामुखी यति भयानक भएको छ की करिब ६० मिटरमाथीसम्म लाभाहरु निस्किएका छन् ।
यस क्षेत्रमा बसोबासगर्ने करिब १७०० मानिसलाई सकुसल बाहिर निकालिएको छ । यस क्षेत्रबाट १० हजार मानिसलाई बहिर निकालन भनिएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरुले जनाएका छन् ।
यस क्षेत्रमा रेडक्रस सोसाइटीले २ वटा सिबिरखडा गरेर काम गरिरहेको छ भने, उभरले निःशुल्क सेवा दिइरहेको छ । फसेकाहरुको संख्या अझै बढ्नसक्ने अमेरिकी अधिकारीहरुले आंकलन गरेका छन् ।
ज्वालमुखीसँगै अहिलेसम्म २५० पटक भन्दा धेरै भूकम्पसमेत गइसकेको छ । ज्वालामुखी फुटेको क्षेत्र धुवाँले ढाकेको छ भने, पिडितलाई राहत दिन कयौ शिबिरहरु खुलेका छन् ।

