काठमाडाैं । नेपालका लागि स्कोडा कारको आधिकारिक वितरक एमएडब्लु इन्टरप्राइजेजले औपचारिक रुपमा नयाँ स्कोडा अक्टाभियाको विक्री सुरु गरेको छ । स्कोडा अक्टाभिया ‘एम्बिसन’, ‘स्टाइल’ र ‘एल एन्ड के’ गरी तीन भेरियन्टमा उपलब्ध रहेकाे छ ।
नयाँ स्कोडा अक्टाभियाको पेट्रोल भेरियन्टमा ७ स्पीड डीएसजी गियरबक्स रहेको १.८ लिटरको टीएसआई इन्जिन रहेको छ, जसले अधिकतम १८० बीएचपी पावर उत्पादन गर्छ ।
त्यसैगरी, पेट्रोल भेरियन्टकै ६ स्पीड डीएसजी गियरबक्सजडित १.४ लिटरको टीएसआई इन्जिनले अधिकतम १५० बीएचपी पावर उत्पादन गर्छ ।
साथै, २.० लिटरको डिजेल इन्जिनले अधिकतम १४३ बीएचपी पावर उत्पादन गर्छ । टप भेरियन्टमा ८ वटा एयरब्याग दिइएकाे छ भने, ‘स्टाइल’ र ‘एम्बिसन’ भेरियन्टमा क्रमसः ६ र ४ एयरब्याग छन् । अक्टाभियामा एबीएस, इबीडी र ट्रयाक्सन कन्ट्रोल जस्ता सुरक्षा फिचर उपलब्ध छन् ।
नयाँ अक्टाभियामा अघिल्लोमा भन्दा फरक स्प्लिट हेडल्याम्प राखिएको छ, जसलाई ‘क्वाड्रा एलइडी हेडलाइट्’ भनिन्छ । साथै, यसमा एलइडी ‘डेटाइम रनिङ लाइट’ र बम्परमा फग ल्याम्प राखिएको छ । टेलमा पनि नयाँ एइडी लाइटिङ जडान गरिएको छ । नयाँ कारमा आठ इन्चको इन्फोटेन्मेन्ट टचस्क्रिन, पार्क असिस्ट, थ्रि स्पोक स्टेरिङ रहेको छ ।
पेट्रोल अक्टाभिया ‘एम्बिसन’को मूल्य ७१ लाख रुपैयाँ तोकिएको छ, भने टप मोडेल ‘एल एन्ड के’ भेरियन्टको मूल्य एक करोड २ लाख रहेको छ । त्यसैगरी, डिजेर्ल अक्टाभिया ‘एम्बिसन’को मूल्य ९१ लाख रुपैयाँबाट सुरु भएर ‘एल एन्ड के’ भेरियन्टको एक करोड ११ लाख रुपैयाँ रहेको छ । हाल नेपालमा आएको अक्टाभिया चौथो पुस्ताको हो ।

