काठमाडौं । सरकारले नेपाल प्रदुषण मापदन्ड (नेपाल स्टायडर्ड–४) लागु गर्ने तयारी गरेको छ । नेपाल स्टायडर्ड–४ लगभग यूरो–४ मापदण्ड बराबरको हुनेछ ।
आर्थिक वर्ष २०७६–७७ को सुरुवातबाटै यसलाई कार्यान्वयनमा ल्याउने तयारी वन तथा वातावरण मन्त्रालयले गरिरहेको छ ।
सरकारले नयाँ नीति लागु गर्ने तयारी स्वरुप गठन गरेको समिटिले यसमा आवस्यक गृहकार्य गरिरहेको छ । वन मन्त्रालयका सहसचिब यज्ञ दाहालको नेतृत्वमा बनेको समितिले आवस्यक ऐनको ड्राफ तयार गरिसकेको मनत्रालयले जनाएको छ ।
नेपालमा बिक्री हुने सबै सवारीसाधन पूर्णत आयात गरिने भएकाले पुराना इन्जिन यूक्त गाडी नेपाल नआवस भन्नको लागि सरकारले यूरो–४ मापदण्ड बराबरको गाडी मात्रै आयात गर्न पाउने व्यवस्था गर्न लागेको मन्त्रालयका प्रवक्ता सिन्धुप्रसाद ढुङगानाले बताए ।
‘अहिले हामी कमिटिमा छलफलका क्रममा छाैँ, यूरो ३ मापदण्डका सवारीसाधन ल्याउनबाट रोक्न यूरो ४ लागु गर्नुपर्छ, नयाँ मापदन्ड आउँदो आर्थिक वर्षको सुरुबाट लागु गर्ने तयारीका साथ हामी काम गरिरहेका छौँ,’ ढुङगानाले मेरोअटोसँग भने ।
यता अटो ब्यवसायीहरुको संस्था नाडा अटोमोवाइल एसोसियसन अफ नेपालले आफुहरुले आवस्यक सल्लाह सुझाव दिइसकेको जनाएको छ ।
‘तत्काल सबै यूरो–४ अनुरुपको सवारीसाधन ल्याउन कठिनाई रहेकाले कम्तीमा ६ महिनाको थप समय चाहिने विषयमा हामीले कमिटिमा कुरा राखेको छौँ’ सरकारले बनाएको समिटिका सदस्य तथा नाडा सदस्य राजनबाबु श्रेष्ठले मेरोअटोसँग भने ।
अहिलेपनि प्यासेन्जर कारहरुको आयात भारत स्टायडर्ड ४ अनुरुपको आईरहेकोले नयाँ मापदन्ड यी सवारीसाधनमा सजिलै लागुहुने तर, कमर्शियल गाडीमा केही समय थप चाहिने श्रेष्ठले बताए ।
भारतले हेभी इक्यूपमेन्टमा २०२१ बाटमात्रै नयाँ मापदन्ड लागु गर्ने तयारी गरेकाले नेपालले पनि यस्ता इक्युपमेनटमा पछि नै मापदन्ड घोषणा गर्नु पर्ने श्रेष्ठको भनाई छ ।
सन् २०२० अप्रिलबाट भारतमा भारत इमिशन स्टायडर्ड (बीएस–६) लागु हुँदैछ । यस्तोमा नेपालले नेपाल स्टायडर्ड–४ लागु गर्न लागेको हो ।

