अर्को हप्ताबाट नेपाली सडकमा नेक्सन इभीको परिक्षण हुने

काठमाडौं । टाटा मोटर्सकाे बहुप्रतिक्षित इलेक्ट्रीक नेक्सनको अर्को हप्ताबाट नेपालमा परिक्षण हुने भएको छ । आधिकारीक वितरक सिप्रदी ट्रेडिङले ५ हजार किलोमिटर सडक परिक्षणपछि मात्रै यसको विक्री सुरु गर्ने जनाकारी दिएको छ ।

‘आगामी हप्ताबाट यसको परिक्षण सुरु गर्ने तयारी गरेका छौं । सम्भवत शुक्रबारसम्म गाडी नेपाल आउने छ । त्यसपछि ५ हजार किलोमिटर परिक्षण गरेर मात्रै विक्री सुरु गर्ने छौं’, कम्पनी स्रोतले मेरोअटोसँग भन्यो ।

कम्पनीका अनुसार कम्तीमा ५ हजार किलोमिटर परिक्षण पश्चात् साउन पहिलो हप्ताबाट यसको विक्री सुरु हुनेछ ।

नेक्सन इभी नेपालमा अहिले धेरै ग्राहकले पर्खिरहेको इलेक्ट्रीक एसयूभी हो । विशेषत २०५ एमएमको उच्च ग्राउन्ड क्लेयरेन्स र कम मूल्यको सब फोर मिटर एसयूभी भएकै कारण अहिले यसको चर्चा निकै रहेको पाइन्छ ।

टाटाको जिपट्रोन प्ल्याटफर्ममा बनेको नेक्सन इभीमा ३०.२ किलोवाट आवरको लिथियम आयोन व्याट्री रहेको छ भने, यसमा ९५ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर दिइएको छ । एआरएआईको अनुसार एक पटकको फुल चार्जमा यसलाई ३१२ किलोमिटर गुडाउन सकिने प्रमाणित गरिएको छ । तर, विभिन्न एजेन्सीले गरेको परिक्षण अनुसार गाडीमा भएका सबै इलेक्ट्रोनिक्स डिभाइसको प्रयोग गरेर सहरी क्षेत्रमा चलाउदा २१६ किलोमिटर रेञ्ज प्रदान गर्ने देखिएको छ ।

नेक्सन इभीको एक्सटेरियरमा प्रोजेक्टर हेडल्याम्प, सिग्नेचर एलइडी टेलल्याम्प, फ्लोटिङ रुफ, पियानो व्ल्याक ओआरभीएम, रुफरेल, सार्क फिन एन्टेना, १६ इन्चको डायन्ड कट अलोय ह्वील, बडी कलर डोर ह्याण्डल जस्ता फिचर पाउन सकिन्छ ।

यसको इन्टेरियरमा ट्राइयरो थिम पाउन सकिन्छ । लेदरले मोरिएको फ्ल्याट बटम स्टेरिङ ह्वील, आर्मरेष्ट सकितको ठूलो रेन्टर कन्सोल, कप र छाता होल्डर, ग्लोव बक्स, कुल्ड बक्स, हर्मनको ७ इन्च फ्लोटिङ इन्फोटेन्टमेन्ट सिस्टम, हर्मनको ८ स्पीकर, स्टेरिङ माउन्ट कन्ट्रोल बटम, ७ इन्चको डिजिटल टिएफटी इन्ट्रुमेन्ट क्लष्टर, भ्वाइस अलर्ट सिस्टम जस्ता फिचर पाउन सकिन्छ ।


Back_to_top