सोलार कारमा ठूलो उपलब्धी, बन्यो हम्बल वान

काठमाडौं । अमेरिकाको क्यालिफोर्नियामा स्थापना भएको स्टार्टअप कम्पनी हम्बल वानले सोलारबाट चार्ज गर्न मिल्ने इलेक्ट्रीक एसयूभी ‘हम्बल वान’को कन्सेप्ट बाहिर ल्याएको छ । यसमा प्रयोग भएको व्याट्रीलाई प्लग नजोडिकन चार्ज गर्न सकिन्छ ।

कारको छतमा जडान भएको सोलार प्यानलले नै यसमा दिइएको व्याट्री चार्ज गर्छ । निकै तिब्रगतिमा सोलारबाटै कार चार्ज गर्ने पद्यतीको विकास गरेको कम्पनीले दावी गरेको छ । विशेषत यो सिस्टममा गाडी पार्क गर्दा पनि धेरै मात्रामा व्याट्री चार्ज हुने छ ।

आवश्यक मात्रामा ब्याट्री चार्ज भएपछि सोलार प्यानल स्वतः फोल्ड हुन्छ । उक्त सोलार प्यानलले १ देखि २ घन्टाको चार्जमा ८० देखि ९० किलोमिटरसम्म गुड्न पुग्ने दावी कम्पनीको छ ।

कम्पनीका अनुसार हम्बल वान फुल चार्जमा ८०० किलोमिटरको रेञ्ज प्रदान गर्छ भने ७६० किलोवाट क्षमताको मोटर प्रयोग गरिएको छ ।

अहिले यसको निर्माणमा कम्पनीले काम गरिरहेको छ । विद्युत स्रोत र पेट्रोलियम पदार्थको प्रयोग बचाउन यस्ता कार निकै उपयोगी हुने कम्पनीको दावी छ । यो गाडी पूर्णत प्रदुषण मुक्त रहने छ ।


Back_to_top