पावरफुल नेक्स्ट-जेन पेट्रोल इन्जिनमा आउँदै टाटा कर्भ

काठमाडौं । टाटा मोटर्सले सन् छिटै बिक्री वितरण गर्ने योजना बनाएकाे पहिलाे मिडसाइज एसयूभी ‘कर्भ’ पावरपफुल नेक्स्ट जेनरेशन पेट्राेल इन्जिनमा आउने भएकाे छ । कम्पनीले यसअघि ईभी पावरट्रेनमा कर्भ एसयूभीको कन्सेप्ट देखाएको थियो । यसपटक भने टाटाले टर्बो पेट्राेल  इन्जिन सहित कर्भ ल्याउने घाेषणा गरेकाे हाे ।

कम्पनीका अनुसार यसमा दुई पावरट्रेन विकल्प दिइएको छ । जसमा १.२ लिटरकाे तीन सिलिण्डर डायरेक्ट इन्जेक्शन  र १.५ लिटरकाे चार सिलिण्डर डायरेक्ट इन्जेक्शन टर्बो पेट्राेल इन्जिन हुनेछन् ।

कर्भकाे  १.२ लिटर डायरेक्ट इन्जेक्शन टर्बोचार्ज्ड थ्री सिलिन्डर पेट्रोल इन्जिनले ५ हजार आरपीएममा १२५ हर्सपावर उत्पादन गर्छ । साथै, १७०० देखि ३,५०० आरपीएममा यसले २२५ एनएम पीक टर्क उत्पादन गर्दछ ।

यसमा रहेको ठूलो १.५ लिटर फोर सिलिणडर डायरेक्ट इन्जेक्शन टर्बो पेट्रोल इन्जिनले ५,००० आरपीएममा १७० हर्सपावर र २००० देखि ३५०० आरपीएममा २८० एनएम पीक टर्क उत्पादन गर्छ । यी दुबै इन्जिन म्यानुअल र अटोमेटिक ट्रान्समिसन अप्सन सहित हुनेछ ।

नेक्स्ट जेनेरेसन पावरट्रेनका कारण टाटा कर्भमा अन्य टाटाका सवारीको तुलनामा पर्फमेन्स र फ्यूल इकोनोमीमा सुधार गरिएको कम्पनीले दावी गरेकाे छ । यसमा रहेको एल्मुनियम निर्मित इन्जिनमा डुअल क्याम फेजिङ, सिलिन्डर हेडमा इन्टिग्रेटेड एक्जस्ट मनिफोल्ड र भेरिएबल आयल पम्प हुनेछन् । टाटा कर्भमा ब्राण्ड अनुसार यसमा भएको वाटर कूल्ड भेरिएबल ज्यामेट्री टर्बोचार्जरले लो–इन्ड टर्क उत्पादन गर्छ ।

टाटाले कर्भलाई १.२ लिटर डायरेक्ट इन्जेक्शन पेट्रोल इन्जिनमा आगामी वर्षको सुरूआतमा ल्याउने जनाएको छ । त्यस्तै, यसको १.५ लिटर टर्बो पेट्रोल इन्जिनमा टाटा कर्भको बिक्री वितरण हुन केही वर्ष थप लाग्ने सम्भावना छ ।


Back_to_top