निसान र साइलेन्स बीच सहकार्य, साना इलेक्ट्रीक कारमा काम गर्ने

काठमाडौं । निसानले युरोपियन ब्याट्री स्वापीङ कम्पनी साइलेन्ससँग पार्टनरशीप घोषणा गरेको छ । सन् २०१९ मा स्थापना भएको स्पेनीश कम्पनी साइलेन्स माइक्रो मोविलीटीमा काम गर्दै आएको कम्पनी हो ।

साइलेन्स मूलत इलेक्ट्रीक स्कुटर कम्पनी भएपनि उसले इलेक्ट्रीक नानोकार एस-०४ पनि निर्माण गरेको छ । कम्पनीले बनाएको नानोकारमा २ जना बसेर यात्रा गर्न सकिन्छ ।

यसको मूख्य विशेषता भनेको नानोकारलाई अन्य विद्युतीय कार जस्तो घन्टौ कुरेर चार्ज गरिरहनु पर्दैन । साइलेन्सले ब्याट्री स्वापीङ स्टेशनको विकास गरेकोले रिचार्ज गर्न समय बिताइरहनु पर्दैन । सानो साइजको ब्याट्री भएकोले यसलाई सजिलै साटफेर गर्न सकिनेछ ।

एस ०४ को नयाँ लाइनअप

हालै मात्र साइलेन्सको नयाँ एल-६ई र एल-७ई मोडलहरु लन्च गरेको छ । स्पेनमा एल–६ई संचालन गर्न ड्राइभिङ लाइसन्स आवश्यक पर्दैन । यसमा ६ किलोवाट आवरको ब्याट्री प्याक छ । यसको अधिकतम गति ४५ किलोमिटर प्रति घण्टा मात्रै छ ।

त्यस्तै अर्को मोडल एल-७ई भने बढि रेन्ज र धेरै पावर भएको मोडल हो । यो कार चलाउन भने ड्राइभिङ लाइसन्सको आवश्यकता पर्छ । यो मोडलमा १४ किलोवाट आवर क्षमताको व्याटी दिइएको छ । यसको टपस्पीड ८५ किलोमिटर प्रति घन्टा छ ।

यसै वर्षको जुनबाट निसान र साइलेन्सले संयुक्त रुपमा काम गर्ने जनाइएको छ । निसानको युरोपभर रहेका शोरुमबाटै साइलेन्सका इलेक्ट्रीक नानोकार तथा इलेक्ट्रीक स्कुटर बिक्री हुनेछन् ।

साइलेन्सको यस अघिनै स्पेनको ११० स्थानमा ब्याट्री स्वापीङ स्टेशन तयार परेको छ ।

यी इभीहरु विशेषत सहरी ग्राहकहरुको आवश्यक्तालाई मध्यनजर गरि बनाइएको हो । सहरी क्षेत्रमा दिनभरी गाडि गुडाइरहनु पर्ने हरुका लागि यो नानो इभी एकदमै उपर्यूक्त रहेको छ । रिचार्ज गर्नका लागि कुरीरहनु नपर्ने भएकाले झन्झट रहित पनि छ ।


Back_to_top