निसान किक्स अटोमेटिकमा आउँदै, यस्तो छ म्यानुयल ६ भेरियन्टको मूल्य

काठमाडौं । निसानले आफ्नो कम्प्याक्ट एसयूभी किक्सको अटोमेटिक भेरियन्टमा सेग्मेन्टमै सबैभन्दा बढी पावर र टर्क प्रदान गर्ने इन्जिन दिने भएको छ । भारतीय प्रदुषण मापदण्ड बीएस ६ अनुसार तयार भएको नयाँ इन्जिनले सेग्मेन्टकै सर्वाधिक पावर प्रदान गर्ने भएको हो ।

कम्पनीले १.३ लिटर ‘एचआर १३’ टर्बो चार्ज्ड पेट्रोल इन्जिन दिने जनाइएको छ । यो इन्जिन रेनो-निसान-मित्सुवीसीको संयुक्त एलायन्सले तयार गरेको फोर सिलिण्डर इन्जिन हो ।

निसान किक्सको अटोमेटिक भेरियन्टमा उपलब्ध इन्जिनले १५६ पीएस पावर र २५४ एनएम टर्क प्रदान गर्ने जनाइएको छ । यो सेग्मेन्टमा रहेको हुन्डाई क्रेटा र किया सेल्टोसको तुलनामा यसको पावर धेरै हो ।

नेपाली बजारमा पायोनियर मोटोकर्पले बिक्री गर्दै आएको निसान किक्स म्यानुयल भेरियन्टमा मात्र उपलब्ध रहेको थियो ।

विभिन्न ६ भेरियन्टमा नेपालमा बिक्री हुँदै आएको निसान किक्स डिजेल र पेट्रोल दुबै इन्जिनमा उपलब्ध रहेको छ ।

‘ग्राहकले नेपालमा पनि अटोमेटिक किक्स खोजिरहेका छन् । लकडाउन सकिएको केही समयपछि भारतमा यसलाई लञ्च गर्ने तयारी गरिरहेको छ । भारतमा लञ्चसँगै हामी यसलाई नेपालमा पनि ल्याउँछौं’, पोयोनियर मोटोकर्पका जनरल म्यानेजर ज्ञानेन्द्र चन्दले भने ।

अहिले म्यानुयलमा उपलब्ध किक्सको ६ भेरियन्टको यस्तो छ मूल्य ।


Back_to_top