निसान किक्समा ४ लाख ५० हजारसम्म छुट

काठमाडौं । निसान किक्समा ४ लाख ५० हजार रुपैयाँसम्मको छुट दिने अफर कम्पनीले ल्याएको छ । नेपालका लागि निसानको आधिकारीक बिक्रेता पायोनियर मोटोकर्पले आफ्नो पछिल्लो एसयूभी किक्सको बिक्री ४५० यूनिट पुगेको भन्दै नयाँ ग्राहकलाई ४ लाख ५० हजार रुपैयाँ छुट दिन लागेको जनाएको हो । 

नयाँ अफर मार्फत ग्राहकहरुले २ लाख ५० हजारसम्म नगद छुट, एक लाख रुपैंयाँ बराबरको एक्सचेन्ज बोनस र आइफोन ११ पाउने छन् । यसका साथै, निःशुल्क बोसको हाई प्रेशर वासर, एक वर्षको सवारी बीमा र सडक करका साथै तीन वर्षसम्मको वारेन्टी सहित तीन वर्षनै निःशुल्क सर्भिसिङको सुविधा दिने कम्पनीले विज्ञप्तीमा उल्लेख गरेको छ । 

गत वर्षको फागुन महिनामा नेपाल ल्याइएको किक्सको सुरुवाति मूल्य ४८ लाख ९९ हजार र टप भेरियन्टको मूल्य ६५ लाख २५ हजार रुपैयाँ रहेको छ ।

यसमा १.५ लिटरको पेट्रोल र डिजेल इन्जिन रहेको छ । उक्त पेट्रोल इन्जिनले १०६ बीएचपी पावर र १४२ एनएम टर्क प्रदान गर्छ । त्यसैगरी डिजेल इन्जिनले ११० बीएचपी पावर र २४० एनएम टर्क प्रदान गर्छ ।


Back_to_top