काठमाडौं । नेपालमा सबैभन्दा धेरै नियम उल्लंघन हुने स्थान हो सडक । सुरक्षित यात्राका लागि ट्राफिक नियम पालना अपरिहार्य छ । तर, ट्राफिक देखेमा मात्रै सडक नियम पालाना गर्ने प्रवृत्ति बढ्दो छ ।
सडक नियम उल्लंघन गर्नेमा यात्रु र सवारी चालक दुवै छन् । नेपालका सकडमा पैदल यात्रुका लागि आवश्यकता अनुसार फूटपाथ, जेब्राक्रस, आकाशे पुल छैनन् । तर, भएकै स्थानमा पनि प्रयोग गरेको देखिँदैन । आकाशे पुल, जेब्राक्रस छाडेर जथाभावी बाटो काट्ने गरेको देखिन्छ । जसले दुर्घटना समेत बढाएको छ ।
सवारी चालकमा ट्राफिक नियम र लेन अनुशासन पालना नगर्ने प्रवृत्ति बढ्दो छ । चालकले जथाभावी पार्किङ गर्ने, तीव्र गतिमा सवारी चलाउने, मापसे÷लापसे गरी सवारी चलाउने, अनावश्यक हर्न बजाउने, जथाभावी यात्रु चढाउने÷ओराल्ने लगायत काम गर्दै आएका छन् । बरू जरिवाना तिर्न तयार हुनछन् । तर, ट्राफिक नियम पूर्ण रूपमा पालाना गर्दैनन् ।
पर्याप्त जनशक्ति र आधुनिक प्रविधिको प्रयोग नहुँदा ट्राफिक नियम तोड्ने सबै कारबाहीको दायारामा आउन सकेका छैनन् । भिडियोमा हेर्नुहोस् काठमाडौंमा कसरी तोड्छन् ट्राफिक नियम ।

