काठमाडौं । विश्वकै ठूलो कार निर्माता टोयोटामा नयाँ सीईओ आउने भएका छन् । आगामी अप्रिल १ तारिखपछि कोजी सातोले पद त्याग गर्ने भएसँगै नयाँ सीईओ आउन लागेको हो ।
टोयोटाले सन् २०१९ पछि पहिलो पटक कार उत्पादन र बिक्रीभन्दा बाहिरको मानिसलाई सीईओ नियुक्त गर्न लागेको हो । अहिले प्रमुख वित्तीय अधिकृत रहेका केन्टा कोन नयाँ सीईओ बन्न लागेका हुन् । उनी सीईओ नियुक्त भएसँगै टोयोटाको नाफा थप बलियो बन्ने अपेक्षा गरिको छ ।
अहिलेका सीईओ कोजी सातो उपाध्यक्ष र प्रमुख उद्योग अधिकारीको भूमिकामा रहने छन् । टोयोटाका अनुसार सातोले गाडीको बजार विस्तारमा ध्यान दिने छन् । गत महिना मात्रै अहिलेका सीईओ सातो जापानी अटोमोबाइल उत्पादक संघको प्रमुखमा नियुक्त भएका छन् ।
अहिले टोयोटाका अपरेटिङ अफिसर रहेका योइची मियाजाकीले नयाँ बन्ने सीईओ केन्टा केनले नेतृत्व गरिरहेको सीएफओको भूमिका लिनेछन् । साथै, अहिलेको अपरेटिङ अफिसरको भूमिकामा पनि निरन्तर रहने छन् ।
सन् २०२३ बाट सीईओ रहेका कोजी सातोको कार्यकालमा टोयोटाले ईभीमा भन्दा बहुमार्ग नीति अपनायो । जसको कारण कम्पनीको शेयर १११ प्रतिशतसम्मले बढ्यो ।
यसअघिको रणनीतिमा सफल भएको टोयोटाले नयाँ सीईओ केन्टा केन आएसँगै कस्तो योजना बुन्छ, अहिल्यै भन्न कठिन छ । तर, बढ्दो ईभीको चर्चा र मागका बीच क्रमिक रूपमा ईभी विकासमा थप रणनीति र लगानी बढाउने पर्ने दवावमा उनि हुने छन् ।

