काठमाडौं । यामाहाको प्रिमियम स्कुटर लाइनअपमा पर्ने एरोक्स १५५ मोडल अल्टिमेट म्याक्सी स्पोट्र्स स्कुटर नेपाली बजारमा स्थापित हुँदै गएको छ ।
मोटरसाइकल जस्तै पावर, आक्रामक डिजाइन र आधुनिक टेक्नोलोजीको मिश्रणले यो स्कुटर विशेषगरी युवा राइडरहरू माझ लोकप्रिय बन्दै गएको हो । सिटी कम्युट होस् वा हाइवे क्रुजिङ दुवैका लागि एरोक्स १५५ उपयुक्त स्कुटर मानिन्छ ।
यसको उच्च क्षमताको इन्जिन, स्मार्ट कनेक्टिभिटी, स्पोर्र्टी डिजाइन र आधुनिक सुरक्षा फिचरले ग्राहकलाई तानिरहेको छ । प्रिमियम सेगमेन्टमा म्याक्सी डिजाइनका स्कुटर नेपाली बजारमा खासै उपलब्ध छैनन् । धेरै विकल्प नभएकाले पनि यामाहाको यो मोडल रोजाइमा पर्दै गएको हो ।
यद्यपि, यसको मूल्य भने केही महँगो छ । नेपालका लागि यामाहाको आधिकारिक बिक्रेता एमएडब्लू राइडस्ले एरोक्स १५५ स्कुटरको मूल्य ४ लाख ९९ हजार ९०० रुपैयाँ तोकेको छ ।
यहाँ हामीले एरोक्स १५५ स्कुटरलाई आकर्षक बनाउने ५ फिचरहरू बारे चर्चा गरेका छौं ।
१. इन्जिन
एरोक्समा १५५ सीसीको, सिंगल सिलिण्डर, लिक्विड कुल्ड, भीभीए, २० प्रतिशत इथानोल फ्युल कम्पिटेबल इन्जिन छ । जुन यामाहाको आर १५ मोटरसाइकलमा छ । यो इन्जिनले १५ पीएस पावर र १३.९ एनएम टर्क जेनेरेट गर्छ ।

भीभीए सिस्टमले कम र उच्च दुवै आरपीएममा राम्रो पावर डेलिभरी दिन्छ । यसले स्मुथ एक्सेलेरेसन र राम्रो माइलेजको सन्तुलन कायम गर्छ । जसले दैनिक प्रयोगलाई अझ सहज बनाउँछ ।
मोटरसाइकलकै जत्ति पावर भएकाले यो स्कुटर सहरी र हाइवे दुवै सडकका लागि उपयुक्त छ ।
२. स्पोर्टी तथा एग्रेसिभ डिजाइन
एरोक्स एग्रेसिभ एरोडायनामिक डिजाइनमा बनेको छ । यसमा रहेको एलईडी हेडलाइट, डीआरएल र टेललाइटले अझै आकर्षक बनाएको छ । १४ इन्चको ठूलो कलरफुल अलोय ह्वील, सुपर वाइड रियर टायर, मोटरसाइकल टाइप ट्वीन सक अब्जरर्बार र मस्कुलर बडी प्यानलले स्कुटरलाई निकै प्रिमियम स्पोर्र्टी बनाउँछ ।
३. डिजिटल एलसीडी क्लस्टर
स्कुटरमा ‘वाइ’ कनेक्ट सिस्टम सहितको पूरा डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर उपलब्ध छ । जसमा स्पीडो, भीभीए स्टेटस, ट्रिप, फ्युल, कल एसएमएस अलर्ट, राइडिङ डाटा, मेन्टिनेन्स नटिफिकेसन र पार्क लोकेशन जस्ता डिटेल्स हेर्न सकिन्छ ।

४. ट्रयाक्सन कन्ट्रोल
नेपालमा पेट्रोल स्कुटर सेग्मेन्टमै ट्रयाक्सन कन्ट्रोल भएको एरोक्स पहिलो मोडल हो । ट्रयाक्सन कन्ट्रोल स्कुटरको टायर नियन्त्रण गर्ने सिस्टम हो । यसले अफरोड, हिलो र उकालो जस्तो बाटोमा टायर जाम हुन नदिने र स्लीप हुने जस्तो समस्यालाई समाधान गर्छ ।
५. अन्य सुरक्षा र सुविधा फिचर
एरोक्समा सिंगल च्यानल एबीएस, फ्रन्ट डिस्क ब्रेक, साइड स्ट्यान्ड इन्जिन कट अफ, एक्सटर्नल फ्युल लिड, युएसबी चार्जिङ पोर्ट, मल्टि फङसन की स्वीच र स्मार्ट मोटर जेनरेटर सिस्टम स्टार्ट स्टप प्रणाली जस्ता सुरक्षा मुलक फिचरहरू उपलब्ध छन् ।

