अब सुविधाका आधारमा ३ प्रकारका ट्याक्सी, कुनको भाडा कति ?

काठमाडौं । अब सार्वजनिक सवारीको रुपमा संचालन हुने ट्याक्सी सुविधाका आधारमा ३ वर्गका हुने भएका छन् ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले लागू गरेको ‘ट्याक्सीका रूपमा प्रयोग हुने सवारी सम्बन्धी मापदण्ड, २०८१’ मा ट्याक्सीलाई ३ वर्गमा विभाजन गरिएको हो ।

नयाँ मापदण्ड अनुसार ट्याक्सीलाई साधारण, विशेष (डिलक्स) र विशिष्ट (लग्जरी) गरी तीन वर्गमा वर्गीकरण गरिएको छ ।

साधारण वर्गको ट्याक्सीको भाडादर नेपाल सरकारले तोके अनुसार हुनेछ । विशेष ट्याक्सीको भाडा साधारणकोभन्दा २० प्रतिशत र विशिष्टको साधारणकोभन्दा १०० प्रतिशत धेरै हुनेछ ।


Back_to_top