अब १०० किमीभन्दा कम रेन्ज दिने इलेक्ट्रीक स्कुटर ल्याउन नपाइने

काठमाडौं । अब एकपटकको फुलचार्जको १०० किलोमिटरभन्दा कम रेन्ज दिने विद्युतीय (इलेक्ट्रीक) स्कुटर आयात गर्न नपाइने भएको छ ।

यातायात व्यवस्था विभागले जस्तासुकै सवारी साधन आयात नियन्त्रणका लागि बनाएको ‘सवारीसाधन आयात, उत्पादन तथा जडान सम्बन्धी निर्देशिका, २०८२’ को मस्यौदा यस्तो प्रस्ताव गरिएको हो ।

प्रस्तावित मस्यौदा अनुसार विदेशबाट आयात गरिने दुईपाँग्रे (मोटरसाइकल/स्कुटर) वा तीनपांग्रे सवारी साधनको न्यूनतम रेन्ज कम्तीमा १०० किमी हुनुपर्ने व्यवस्था गरिएको छ ।

यस व्यवस्थाले कमजोर रेन्ज क्षमताका स्कुटर आयात रोकिने र उपभोक्ता छिनछिनमै चार्ज गरिरहनु पर्ने झन्झटबाट मुक्त हुने अपेक्षा गरिएको छ ।

हाल नेपाली बजारमा ५० बढी ब्राण्डका विद्युतीय स्कुटर आयात हुँदै आएको छ । तर, अधिकांश स्कुटरको रेन्ज १०० किमीभन्दा कम छ ।

अब उक्त मस्यौदा माथि सरोकारवाला पक्षसँग छलफल निर्देशिकालाई अन्तिम रुप दिइने विभागले जनाएको छ ।


Back_to_top