अब पैदल यात्रुले पनि जरिवाना तिर्नुपर्ने, कति ?

काठमाडौं । अब पैदल यात्रुले पनि जरिवाना तिर्नुपर्ने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले तयार पारेको ‘सवारी तथा यातायातको सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक, २०८१’ को मस्यौदामा पैदल यात्रुलाई पनि जरिवाना तिराउने व्यवस्था गरिएको हो ।

प्रस्तावि विधेयकमा सडक अनुशासन उल्लंघन गर्ने पैदल यात्रुलाई यातायात निरीक्षकले तत्कालै जरिवाना गर्न सक्ने व्यवस्था गरिएको छ ।

विधेयकको दफा ६८ को खण्ड (य)मा यातायात निरीक्षकले ‘सडक अनुशासन उल्लंघन गर्ने पैदल यात्रुलाई ५०० रुपैयाँसम्म’ तत्कालै जरिवाना गर्न सक्ने व्यवस्था प्रस्ताव गरिएको छ ।

व्यवस्थित फूटपाथ निर्माण गर्न नसकेको सरकारले पैदलयात्रुलाई भने जरिवाना प्रस्ताव गरेको भन्दै अहिले चर्चा समेत भइरहेको छ ।


Back_to_top