काठमाडौं । महिन्द्राले आफ्नो दुई प्योर इलेक्ट्रीक एसयूभी बीई-६ र एक्सईभी-९ डेलिभरी सुरु गरेको २० दिनमा ३ हजार युनिट ग्राहकलाई हस्तान्त्रण गरेको छ । महिन्द्राको यो बिक्रीलाई भारतीय बजारमा ईभीको प्रयोगमा ठूलो सफलता मान्न सकिन्छ ।
महिन्द्राले अहिले ग्राहकलाई दिएको दुबै मोडलको टप भेरियन्ट हो । जसको मूल्य २७ देखि ३१ लाख भारतीय रुपैयाँ रहेको छ । कम्पनीले गरेको डलिभरीमा ५९ प्रतिशत एक्सईभी-९ र ४१ प्रतिशत बीई-६ को हिस्सा रहेको छ । यति महंगो मूल्यमा महिन्द्राले बेचेको ईभीसँगै भारतमा नयाँ बहस पनि सुरु भएको विभिन्न मिडिया रिपोर्टहरुले उल्लेख गरेका छन् ।
दुबै एसयूभीको टप भेरियन्टमा ६ महिनाको वेटिङ पिरियड पुगेको महिन्द्राको भनाई छ । दुबै एसयूभीमा ७९ किलोवाट आवर क्षमताको एलएफपी ब्याट्री दिइएको छ । समान २०७ एमएम ग्राउन्ड क्लियरेन्स भएको यी एसयूभी डिजाइनमा भने विल्कुलै फरक छन् ।
महिन्द्राले बीई-६ लाई पुवा पुस्ताले मनपराउने स्पोर्टी डिजाइनमा तयार पारेको छ । जबकी एक्सईभी-९ कुप्पे डिजाइन एजुकेटीभ एसयूभी हो । नेपाली बजारमा पनि यी दुबै एसयूभी आगामी अटो शोमा उपलब्ध हुने अनुमान गरिएको छ ।

