काठमाडौं । अमेरिकी कम्पनी टेस्लाले आफ्नो फेसलिफ्ट मोडल वाईको मूल्य ११ हजार डलर घटाएको छ । कम्पनीले यसअघि फेसलिफ्ट मोडल वाई ५९ हजार ९९० डलर मूल्य कायम गरेर अमेरिकी बजारमा बिक्री सुरु गरेको थियो ।
कम्पनीले एक महिनापछि नै मोडल वाई फेसलिफ्टको मूल्य ११ हजार रुपैयाँले घटाएर ४८ हजार ९९० डलर कायम गरेरको हो । योसँगै टेस्लाको बिक्रीमा वृद्धि हुने अनुमान गरिएको छ ।
कम्पनीले एकै पटक कसरी यति धेरै मूल्य कटौती गर्यो भन्ने चासो धेरै तिर चलिरहेको छ । कम्पनीले यसमा दिएको पूर्ण स्वचालित ड्राइभिङ (एफएसडी) हटाएर ल्याएको हो । कम्पनीले उक्त एफएसडी प्याकेजको मूल्य ८ हजार डलर तोकेको थियो ।
कम्पनीले विभिन्न देशमा मोडल वाईको फेसलिफ्ट मोडल सार्वजनिक गर्दै आएको छ । उता अमेरिकी राजनीतिमा निकै चर्चित बन्दै गएका टेस्लाका सीईओ इलन मस्कको कारण विश्वभर टेस्लाको बिक्रीमा उच्च गिरावट आएको छ ।


