काठमाडौं । सिंहदरवारबाट १०० मिटर दुरीमा रहेको देशकै सबैभन्दा बढी नाफा कमाउने नेपाल टेलिकम जाने बाटो देख्दा लाग्छ, कुनै बिकट क्षेत्रमा खनिएको सडक जिर्ण बन्दै गरेको छ ।
सडकको बीचमा ठुला–ठुला खाल्डा, ति खाल्डामा पानी जमेर बनेको पोखरी लाग्छ यो सडक नभएर कृषि प्रयोजनालाई खनिएको पोखरी हो ।
उसो त बार्षिक १५ अर्ब नाफा कमाउने नेपाल टेलिकम जानेबाटो मर्मत गर्ने काम सडक विभाग वा महानगरपालीकाको हो । तर, आफ्नो अफिससम्म जाने करिब २०० मिटर बाटो पिच गर्न अन्य निकायको मुख ताक्नु पर्ने अबस्था भने टेलिकमको होइन ।
नेपाल टलिकम मात्र होइन यहि बाटो भएर जाने सरकारी कार्यालयहरु राट्रिय समाचार समिति, नेपाल स्टक एक्सचेन्ज, नेपाल खाद्य संथान, कृषि अनुसन्धान परिषद, राष्ट्रिय महिला आयोग लगायत छन् ।
त्यसोत यो बाटोको मुखमै ९ महिना ३ अर्ब भन्दा बढि नाफा कमाउने सरकारी लगानीको राष्ट्रिय बाणिज्य बैंक रहेको छ ।
सरकारी कामकाजको लागि यो बाटोमा दैनिक हजारौ मानिस ओहोर दोहोर गर्छन् तर, बाटोको कारण सवारी साधन तथा पैदल यात्रिहरु कष्ठकर यात्रा गर्न बाध्य छन् ।

