एनटर्कको नयाँ एडिशन नेपाल आयो, चाँडै विक्री सुरु हुने

काठमाडौं । टीभीएसको नयाँ स्कुटर नेपाल भित्रिएको छ । कम्पनीले टीभीएस एनटर्क १२५ को नयाँ एडिशन नेपाली बजारमा सार्वजनिक गर्ने तयारी गरेको हो ।

टीभीएस स्कुटर तथा मोटरसाइकलको नेपालका लागि आधिकारिक विक्रेता कम्पनी जगदम्वा मोटर्सले एनटर्क १२५ रेस एक्सपी जुन २०२२ मा सार्वजनिक गर्ने तयारी थालेको हो ।

योसँगै एनटर्क १२५ अब ५ भेरियन्टमा उपलब्ध हुने भएको छ । एनटर्क १२५ ड्रम, एनटर्क १२५ डिस्क, एनटर्क १२५ रेश, एनटर्क १२५ सुपर स्क्वाड एडिशन र एनटर्क १२५ रेस एक्सपी भेरियन्टसँगै ५ भेरियन्टमा उपलब्ध हुने भएको हो । एनटर्क रेस एक्सपीमा नयाँ ग्राफिकको प्रयोग गरिएको छ ।

टीभीएसले यसको इन्जिन पर्फमेन्समा समेत सुधार ल्याएको जनाएको छ भने, स्मार्ट कनेक्ट सिस्टमलाई थप मजबुद गरेको छ । एनटर्क १२५ पहिलो भ्वाइस असिस्ट सिस्टम उपलब्ध रहेको पहिलो स्कुटर बनेको छ । यसमा रहेको भ्वाइस असिस्टको प्रयोग गरेर नेभिगेशन, राइड मोड चेन्ज, कन्सोलको ब्राइटनेस कन्ट्रोल जस्ता १५ प्रकारका कमान्ड प्रयोग गर्न सकिने छ ।

पहिलेको तुलनामा कम तौलमा आएको रेस एक्सपी भेरियन्टमा पनि १२४.८ सीसी सिंगल सिलिन्डर एफआई इन्जिन रहेको छ । यो इन्जिनले १०.२ पीएस पावर तथा १०.८ एनएम टर्क जेनेरेट गर्छ । यसअघि विक्री हुँदै आएका भेरियन्टले ९.३८ पीएस पावर तथा १०.५ एनकर्ट प्रदान गर्थ्यो ।


Back_to_top