एकै पटक १ हजार इलेक्ट्रीक ट्याक्सी हस्तान्त्रण गर्दै बीवाइडी

काठमाडौं । चीनको न्यू इनर्जी अटोमोवाइल कम्पनी बीवाइडीले मेक्सीकोमा ‘भेमो’ नामक ठूलो ट्रास्पोर्टेशन कम्पनीलाई एकै पल्ट एक हजार कार विक्री गर्ने भएको छ । बीवाइडीले डी-वान मोडलका एमपीभीको एक हजार यूनिटको अर्डर हात पारेको हो ।

भेमोले यी सवारी साधनहरुलाई इलेक्ट्रीक ट्याक्सी फ्रिटमा प्रयोग गर्ने जनाएको छ । कम्पनीले १ हजार नयाँ विद्युतीय ट्याक्सी खरिद गरेपछि थप ३ हजार जनालाई रोजगारी सृजना हुने समेत जनाएको छ ।

बीवाइडीको यो डी-वान मोडलमा आधुनिक ब्लेड ब्याट्रीको प्रयोग भएको छ । यसलाई एनइडीसीले ४१८ किलोमिटर रेन्ज दिने प्रमाणित गरेको छ । यो कारको रियर डोर साइड स्लीप रहेको छ, जसका कारण प्यासेन्जरलाई गाडीमा चढ्न र ओर्लन सजिलो हुन्छ ।

बीवाइडीको डी-वान भर्सनमा एबीएस ब्रेकिङ, ब्रेक फोर्स डिस्ट्रीव्यूसन, ब्रेक असिस्ट, ट्रयाक्सन कन्ट्रोल, बडी स्टेबीलीटी सिस्टम, रियर पार्किङ रडार, रियर क्यामरा, अटोमेटिक पार्किङ, अपहिल असिस्ट लगायतका थुप्रै फिचर रहेका छन् ।

बीवाइडीको यो डी-वान मोडलको मूल्य चाइनीज बजारमा २४ हजार १७६ डलर रहेको छ ।


Back_to_top