एनटर्क १२५ डिस्क थप दुई नयाँ कलरमा सार्वजनिक, १० हजार छुट

काठमाडौं । टीभीएस एनटर्क १२५ डिस्क एफआइ भेरियन्ट थप दुई नयाँ कलरमा सार्वजनिक भएको छ ।

टीभीएस मोटरसाइकल तथा स्कुटरको नेपालका लागि आधिकारिक बिक्रेता कम्पनी जगदम्बा मोटर्सले जारी नाइम नेपाल मोबिलिटी एक्स्पोमा एनटर्क १२५ डिस्क भेरियन्टको तर्कोइस ब्लू र नार्दो ग्रे कलर सार्वजनिक गरेको हो ।

कम्पनीले दुवै कलरका स्कुटरको मूल्य २ लाख ८२ हजार ९०० रुपैयाँ तोकेको छ । उक्त स्कुटर किन्ने ग्राहकले १० हजार रुपैयाँ छुट पाउने कम्पनीले जनाएको छ ।

साथै, ग्राहकले हेल्मेट, कभर र १ वर्षको सडक कर निःशुल्क पाउने छन् ।

एनटर्क १२५ डिस्कमा स्मार्ट एक्स कनेक्ट अन्तर्गत कलर आइडी, नेभिगेसन असिस्ट, ब्लुटूथ र एसएमएस अलर्ट जस्ता फिचर उपलब्ध छन् । साथै ब्रेक लक, स्ट्यान्ड सेन्सर, लास्ट पार्क लोकेसन र इमर्जेन्सी लाइट जस्ता सुविधाहरु पनि छन् ।

एनटर्क १२५ डिस्कमा १२४.७ सीसी सिगंल सिलिण्डर, एयर कुल्ड इन्जिन रहेको छ । यसले ९.५ पीएस तथा १०.५ एनएम टर्क जेनेरेट गर्छ ।

नाइमामा टीभीएसको स्टल हल बीको एल ३ ए मा रहेको छ ।


Back_to_top