ओकाया फास्ट एफ-थ्री इलेक्ट्रीक स्कुटर सार्वजनिक

काठमाडौं । ओकाया इलेक्ट्रीकले भारतीय बजारमा नयाँ इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको छ । कम्पनीले फास्ट एफ-थ्री इलेक्ट्रीक स्कुटर सार्वजनिक गरेको हो ।

१ लाख भारतीय रुपैयाँ (एक्स शोरुम) मूल्य निर्धारण गरेर सार्वजनिक भएको यो स्कुटरले १२५ किलोमिटर रेन्ज दिने कम्पनीको दाबी छ ।

यो इलेक्ट्रीक स्कुटरमा वाटरप्रुफ र डस्ट रेसिस्टेन्ट ब्याट्रीको प्रयोग गरिएको छ । यसमा ३.५३ किलोवाट आवरको रिमुभएबल लिथियम आइरन फोस्पेट ब्याट्री दिइएको छ । यसमा रहेको १.२ किलोवाट क्षमताको मोटरले २५०० वाट पिक पावर प्रदान गर्दछ ।

ओकाया फास्ट-एफ थ्री स्कुटरलाई ५ घण्टामा फुलचार्ज गर्न सकिने कम्पनीले जनाएको छ । यो स्कुटरको टप स्पीड क्षमता ७० किलोमिटर प्रति घण्टा रहेको छ ।

ओकाया फास्ट एफ-थ्री स्कुटर विभिन्न ६ रङ्गमा उपलब्ध छ । यसलाई मेटालिक ब्ल्याक, मेटालिक क्यान, म्याट ग्रिन, मेटालिक ग्रे, मेटालिक सिल्भर र मेटालिक ह्वाइटमा पाउन सकिन्छ ।

यसमा रिजेनेरेटिभ ब्रेकिङ, रिभर्स मोड र पर्किङ मोड लगायतका फिचर्सले यसमा पाउन सकिन्छ । यसमा फ्रन्टमा टेलिस्कपिक सस्पेन्सन दिइएको छ भने रियरमा हाइड्रोलिक स्प्रिङ सक अब्सर्भर सस्पेन्सनमा पाउन सकिन्छ ।

ओकाया ब्राण्डको इलेक्ट्रीक स्कुटर नेपाली बजारमा वृद्धि शसिला प्रालिले विक्री वितरण गर्दै आएको छ । ओकाया फास्ट एफ-थ्री नेपाल ल्याउने सम्भावना रहेको छ ।


Back_to_top