ओलाको पहिलो मोटरसाइकल दुई दिनपछि सार्वजनिक हुँदै, यस्ता छन् फिचर

काठमाडौं । ओलाको पहिलो मोटरसाइकल दुई दिनपछि सार्वजनिक हुने भएको छ । कम्पनीले आफ्नो पहिलो इलेक्ट्रीक मोटरसाइकल रोडस्टार एक्स फेब्रुअरी ५ मा सार्वजनिक गर्ने भएको हो ।

कम्पनीले ओला रोडस्टार एक्सको तीन भेरियन्टमा सार्वजनिक गर्ने भएको हो । योसँगै इलेक्ट्रीक स्कुटरमा लगातार राम्रो व्यापार गर्न सफल ब्राण्ड ओलाले मोटरसाइकल सेग्मेन्टमा प्रवेश गरेको हो ।

तीन भेरियन्टमा आउने ओला रोडस्टा एक्सको मूल्य ७५ हजार, ८५ हजार र १ लाख भारतीय रुपैयाँ एक्स शोरुम तोकेको छ । कम्पनीले ब्याट्री भेरियन्ट अनुसार फरक फरक मूल्य तोकेको हो ।

ओलो रोडस्टार एक्समा २।५ किलोवाट आवर, ३।५ किलोवाट आवर र ४।५ किलोवाट आवर ब्याट्री भेरियन्ट प्रयोग गरेको छ । यसको दुई भेरियन्टमा कम्पनीले ११ किलावाट क्षमताको मोटर दिएको छ भने टप भेरियन्टमा १३ किलोवाट क्षमताको मोटर जडान गरिएको छ । यो मोटरसाइकललाई एकपटक फुलचार्ज गरेर २०० किलोमिटरसम्म गुडाउन सकिने कम्पनीको दाबी छ । यसको टप स्पीड १२४ किलोमिटर प्रतिघण्टा रहेको छ ।

ओला रोडस्टार एक्समा टेलिस्कोपिकरमोनोशक सस्पेन्सन, डिस्क ब्रेक, एबीएस तथा अलोय ह्वील उपलब्ध हुनेछ । ओला रोडस्टारको सबै भेरियन्टमा तीन राइड मोड, अल एलईडी लाइट, टीपीएमएस, अल एलईडी लाइट्स, रिभर्स मोड, क्रुज कन्ट्रोल, नेभिगेशन जस्ता फिचर उपलब्ध हुनेछ ।


Back_to_top