नयाँ नेक्सन ईभीको बलियो र कमजोर पक्ष के-के हुन् ?

काठमाडौं । टाटा मोटर्सको आधिकारीक बिक्रेता सिप्रदी ट्रेडिङले नेपालमा बिक्री गर्दै आएको नेक्सन एक ‘ट्रेन्ड सेटर’ एसयूभी हो । टाटा मोटर्सको अनुसार नेक्सन ‘गेमचेन्जर’ मोडल हो ।

नेपालमा बिद्युतीय कार बजारलाई नेक्स्ट लेभलमा उकाल्न महत्वपूर्ण भूमिका निर्वाह गरेको नेक्सन ईभी फेसलिफ्ट भएर नेपाल आएको छ । सिप्रदीका अनुसार नेक्सन ईभी अब एउटा मात्रै भेरियन्टमा उपलब्ध हुनेछ । साथै, यसको नामको पछाडि केथ्री जोडेर बिक्री सुरु भएको छ ।

धेरैलाई लाग्न सक्छ ‘नेक्सन केथ्री’ आफैमा नयाँ मोडल हो । तर, टाटाले यसअघि नेपालमै बिक्री गरेको नेक्सन ईभीको फेसलिफ्ट मोडल हो । ईभीको नामको पछाडि अंक लगाउने चलन विश्वब्यापी भइरहेको समयमा नेक्सन केथ्री नामबाट यसलाई बजारमा उतार्दा ईभी लेखिरहनु नपर्ने भएको छ ।

सिप्रदीले हिजोबाट बुकिङ खुला गरेको नेक्सन केथ्रीको मूल्य ४८ लाख ९९ हजार रुपैयाँ तोकिएको छ । इन्टोडक्टरी प्राइस भन्दै तोकिएको मूल्यमा नेक्सन केथ्री ईभी किन्नेले ७.२ किलोवाटको चार्जर निःशुल्क प्राप्त गर्नेछन् ।

सबैभन्दा पहिला सबल पक्षको विषयमा कुरा गरौं

नेक्सन ईभीको सबैभन्दा बलियो पक्ष यसको ग्राउन्ड क्लियरेन्स हो । इन्टरनल कम्बस्चन इन्जिन भएको नेक्सनकै बडी डिजाइन र १९० एमएम अग्लो ग्राउन्ड क्लियरेन्स उत्कृष्ट छ । अर्को २४९८ एमएम लामो ह्वील बेस यसमा दिइएको छ । जसको कारण खराब बाटामा पनि यसलाई सहजै चलाउन सकिन्छ ।

दोस्रो नेक्सन ईभी ग्लोबल एनक्याप र भारत एनक्याप क्र्यास टेस्टमा ५ स्टार सेफ्टी रेटिङ पाउन सफल मोडल हो । यसको सुरक्षा फिचरको कारण नै नेक्सन ईभी बजारमा आएदेखिनै उत्कृष्ट ब्यापार गर्न सफल भएको छ ।

आधुनिक फिचर मानिने ३६० डिग्री क्यामेरा, मल्टीपल ड्राइभिङ मोड, सिंगल प्याडल ड्राइभिङ, स्मुद स्टेरिङ, आरामदायी सिट जस्ता कुरा यसको बलियो पक्ष हो । पानारोमिक सनरुफसहित ४५ किलोवाट आवर क्षमताको प्रिज्मेटिक ब्याट्रीमा उपलब्ध भएको कारण यसको रेन्जमा पनि ब्यापक सुधार भएको छ ।

साइज लगायतका कुरामा नेक्सन ईभी अब्बल छ । अझ अहिले परिस्कृत भएर आएको अगाडिको भाग र पछाडि परिवर्तन भएको कनेक्टेड टेल लाइट सेक्सनले नेक्सन केथ्री ईभीलाई उत्कृष्ट बनाएको छ ।

नेक्सनको बिक्रीमा अर्को महत्वपूर्ण भूमिका निर्वाह गर्ने सर्भिस र स्पेयर पार्टस्को मामलामा पनि सिप्रदी बलियो छ । सम्भवत सबैभन्दा ठूलो सर्भिस नेटवर्क भएको सिप्रदी ट्रेडिङकै कारण पनि नेक्सन केथ्री किन्नेले सर्भिस पाइदैन कि भनेर डराउनु पर्ने अवस्था छैन ।

कमजोर पक्ष

नेक्सन ईभी लामो समयदेखि बजारमा उपलब्ध रहेको कारण धेरैलाई यसको डिजाइनले नतान्न सक्छ । यसअघि नेक्सन किन्ने र त्यसको रेन्ज लगायतका कुरामा आलोचना गर्नेको संख्या धेरै भएको कारण नयाँ मोडलले पनि त्यसको मार खेप्नु पर्ने देखिएको छ ।

ड्यासबोर्ड, ढोका लगायतका क्षेत्रमा पूर्ण रुपमा ‘हार्ड टच’ मेटेरियल प्रयोग गरेको कारण प्रतिस्पर्धीभन्दा केही कमजोर देखिन्छ । आजकल चिनियाँ ब्राण्डहरुले यही मूल्यमा पाइने कारमा ‘सफ्ट टच’ मेटेरियल प्रयोग गरेका छन् ।

 


Back_to_top