चेरी OMODA 5 ईभीमा ६१ किलोवाट आवरको ब्याट्रीप्याक हुने

काठमाडौं । चिनियाँ अटोमोबाइल ब्राण्ड चेरीको OMODA 5 ईभीको तस्वीर सार्वजनिक भएको छ । कम्पनीले युरोपमा लन्च हुनु अगावै कतारमा सम्पन्न जेनेभा मोटरशोमा अमोडा ५ को तस्वीर सार्वजनिक गरेको हो ।

चेरीले OMODA 5 ईभीको कन्सेप्ट डिजाइन गत वर्षको सांघाई अटोशो मा देखाएको थियो । चेरीले OMODA 5 को तस्वीरसँगै यसको मोटर पावर तथा ब्याट्री प्याकको क्षमता पनि सार्वजनिक गरेको छ ।

चेरीले अमोडा ५ मा ६१ किलोवाट आवर क्षमताको ब्याट्री स्ट्याडर्ड हुने र २०४ हर्सपावर क्षमताको मोटर रहने कन्फर्म गरेको हो ।

कम्पनीका अनुसार OMODA 5 जम्मा ७.६ सेकेण्डमा १०० किलोमिटरको गतिमा गुड्न सक्ने र यसको रेन्ज ४५० किलोमिटरसम्मको हुनेछ । यो एसयूभीलाई ११० किलोवाटको डीसी फास्ट चार्जरले चार्ज गर्न सकिने छ । जसले शून्यबाट ८० प्रतिशतसम्म चार्ज गर्नका लागि ३० मिनेट लाग्नेछ ।

OMODA 5 ईभी रेगुलर मोडलभन्दा केही परिवर्तन रहेको छ । यसको सबैभन्दा ठूलो परिवर्तन ग्रिलमा देख्न सकिन्छ । यसमा सार्पलाइन पेन्ट भएको क्लोज ग्रिल रहेको छ । यसको लोअर ग्रिलमा पनि युनिक तथा स्पोट्स भर्टिकल स्ल्याट रहेको छ ।

OMODA 5 ईभीमा नयाँ डिजाइनको एलईडी हेडलाइट्स, हेडल्याम्प क्लस्टरका साथै ठूलो अक्षरमा अमोडा लेखिएको छ । यसको रियरमा पनि स्पोइलरको डिजाइन फरक भएको देखिन्छ ।


Back_to_top