ट्रकको ठक्करबाट पैदलयात्रुको मृत्यु

विराटनगर । मोरङको बूढीगंगा गाउँपालिका-३ स्थित भित्री सडकखण्डमा बिहीबार ट्रकको ठक्करबाट एक पैदल यात्रुको मृत्यु भएको छ । 

सोही गाउँपालिका-४ बस्ने अन्दाजी ४५ वर्षीया नौनीदेवी चौधरीको घटनास्थलमै मृत्यु भएको इलाका प्रहरी कार्यालय, निमुवाले जनाएको छ । 

नलाई ठक्कर दिने ना ७ ख ७०१९ नम्बरको ट्रकसहित चालक प्रहरीको नियन्त्रणमा छन् । 


Back_to_top