ग्रेटवाल मोटर्सको ओरा-०३ डेलिभरी सुरु हुँदै

काठमाडौं । ग्रेटवाल मोटर्सको आधिकारीक बिक्रेता भिजी इम्पेक्सले ओरा-०३ बुकिङ गरेर बसेका ग्राहकलाई डेलिभरी दिने तयारी गरेको छ । कम्पनीले भदौंको दोस्रो सातासम्म बुकिङ गरेर बसेका ग्राहकलाई डेलिभरी दिने तयारी गरेको हो ।

कम्पनीले यसअघि नै बुकिङ खुल्ला गरेको ‘ओरा-०३’ ह्याचव्याक राम्रो संख्यामा बुकिङ रहेको कम्पनीको भनाइ छ । निकै क्लासिक डिजाइनमा तयार भएको यो इलेक्ट्रीक कारले फक्सवागेन विटलको झल्को दिन्छ ।

यसको मूल्य ४७ लाख ४९ हजार रुपैयाँ तोकेर बुकिङ लिइरहेको छ । कम्पनीले नेपाल ल्याएको यो मोडल अष्ट्रेलियन स्पेक ‘ओरा-०३’ हो । ओरा-०३ मा ४७.७८ किलोवाट आवरको लिथियम आयोन फस्फेट ब्याट्री प्याक छ ।

एक पटकको फुल चार्जमा ४०० किलोमिटरको रेन्ज दिने कम्पनीको दावी छ । यो कारमा ९९ किलोवाट क्षमताको इलेक्ट्रीक मोटर छ । यसको मतलव कारले अधिकतम १३३ हर्सपावर र २१० न्यूटन मिटर टर्क प्रदान गर्छ ।

ओरा-०३ निकै सुरक्षीत कार रहेको छ । यसले यूरोपियन एनक्यावको क्र्यास टेष्ट सेफ्टी रेटिङमा फाइभ स्टार रेटिङ पाएको छ ।

ह्याचव्याक कारको डिजाइनमा बनेको भएता पनि यो कारको लम्बाई ४२३५ एमएम, चौडाई १८२५ एमएम, उचाई १६०३ एमएम तथा २६५० एमएमको ह्वीलवेस रहेको छ ।

कारलाई प्रिमियम बनाउन यसको क्याविनलाई उत्कृष्ट फिचरले भरिपूर्ण बनाइएको छ । दुुई वटा १०.२५ इन्चको डिस्प्ले प्यानल, वायरले मोवाइल चार्जिङ प्याड, सिक्सवे पावर एड्जस्ट ड्राइभर सिट, अटोडिमीङ रियरभ्यू मिरर, ३६० डिग्री क्यामरा यसमा पाउन सकिन्छ ।

कम्फर्ट र कन्भेनियन्सका लागि ओरा-०३ मा ठुलो र फराकिलो क्याविन, पानोरामिक सनरुफ, लेदर सिट, सिक्स-वे ड्राइभर पावर सिट, अटोमेटिक एयर कन्डिसनर, एडप्टिभ क्रुज कन्ट्रोल, ५ फरक ड्राइभिङ मोड पाउन सकिन्छ ।

सुरक्षाको लागि कम्पनीले यसमा ७ वटा एयरव्याग, ईबीडी, इलेक्ट्रोनिक स्टेबिलिटी कन्ट्रोल , ट्र्याक्सन कन्ट्रोल सिस्टम , इलेक्ट्रोनिक पार्किङ ब्रेक, अप हिल असिस्ट कन्ट्रोल, अटोमेटिक होल्ड, फ्रन्ट कोलिसन वार्निङ, अटोमेटिक इमर्जेन्सी ब्रेकिङ जस्ता धेरै सुरक्षा फिचरहरु दिएको छ ।

निकै क्लासिक डिजाइनमा तयार भएको ओरा-०३ मा १८ इन्चको अलोय ह्वील, एलइडी डीआएल, प्रोजेक्टर हेड ल्याम्प, एलइडी टेल ल्याम्प पाउन सकिन्छ ।

कम्पनीले हाई भोल्टेज ब्याट्री, ड्राइभ मोटर र मोटर कन्ट्रोलरमा ८ वर्ष वा १५०००० किलोमिटर (जुन पहिले आउँछ) वारेन्टी र कन्जुमेवल पार्टस बाहेक सम्पूर्ण गाडीमा ४ वर्ष वा १५०००० किलोमिटर (जुन पहिले आउँछ) वारेन्टी उपलब्ध गराएको छ ।


Back_to_top