एसएआईसीले ल्यायो सानदार कम्प्याक्ट इलेक्ट्रीक कार

काठमाडौं । चिनियाँ अटो जाइन्ट एसएआईसी, अमेरिकी जनरल मोटर्स र चीनकै विलिङको स्वामित्वमा रहेको ‘बाओजुन’ ब्राण्डमा नयाँ प्रिमियम इलेक्ट्रीक कार सार्वजनिक भएको छ । कम्पनीले सार्वजनिक गरेको नयाँ कार निकै प्रिमियम फिचरको साथ चीनबाट बिक्री सुरु भएको हो ।

बाओजुनले यो वर्ष बजारमा ल्याएको यो दोस्रो इलेक्ट्रीक मोडल हो । कम्पनीले यो मोडालको नाम ‘युन्डुओ’ राखेको छ । यसले बीवाइडी डल्फीनसँग सिधा प्रतिस्पर्धा गर्ने चिनियाँ मिडियाहरुले उल्लेख गरेका छन् ।

कम्पनीले बिभिन्न चार भेरियन्टमा यसको बिक्री सुरु गरेको छ । चीनमा यसको सुरुवाती मूल्य १३ हजार २७० डलर कायम गरिएको छ । त्यसपछि फिचर अनुसार मूल्य बढ्दै जानेछ ।

बाओजुनले ‘लिंगसी स्मार्ट ड्राइभिङ सिस्टम’को साथ ल्याएको युन्डुओ मोडल सार्वजनिक भएको साँझमा नै ५ हजार यूनिट बुकिङ पुरा भएको कम्पनीले जनाएको छ ।

युन्डुओ नयाँ प्रिमियम कारको लम्बाई ४२९५ एमएम, चौडाई १८५० एमएम र उचाई १६५२ एमएम रहेको छ । यसमा २७०० एमएम लामो ह्वीलबेस दिइएको छ ।

कम्पनीले यसमा १०० किलोवाट पीक पवार भएको मोटर दिएको छ भने यसले १३६ पीएस पावर र २०० एनएम टर्क प्रदान गर्छ । यसमा ३७.९ र ४७.९ किलोवाट आवर क्षमताको लिथियम आयोन फस्फेट ब्याट्री दिइएको छ । यसको अधिकतम रेन्ज ४६० किलोमिटरसम्म रहेको सीएलटसीले प्रमाणित गरेको छ ।


Back_to_top