मासिक ४१ हजार किस्तामा रेट्रो डिजाइन एसयूभी

काठमाडौं । मासिक ४१ हजार २०० रुपैयाँभन्दा कम किस्ता तिर्नेगरी ग्रेटवाल मोटर्सको नयाँ एसयूभी किन्न पाइने भएको छ । भिजी इम्पेक्सले हिजो दुई भेरियन्टमा सार्वजनिक गरेको ओरा फाइभ एसयूभी मध्ये मिड भेरियन्टको मासिक किस्ता ४१ हजारभन्दा केही बढी हुने देखिएको हो ।

ओरा फाइभ सम्बन्धी थप जानकारीको लागि यहाँ क्लिक गर्नुहोस् ।

भिजीले ४६ लाख ९९ हजार रुपैयाँ मूल्य तोकेर ओरा फाइभको इन्ट्री भेरियन्ट किन्ने उपभोक्ताले मूल्यको ४० प्रतिशत डाउन पेमेन्ट बुझाउनु पर्ने हुन्छ । जस अनुसार गाडी किन्न जाँदा १८ लाख ७९ हजार ६०० रुपैयाँ डाउन पेमेन्ट बापत जम्मा गर्नुपर्छ ।

अहिले बैंक तथा वित्तिय संस्थाले ६ प्रतिशत हाराहारीमै कर्जा सेवा उपलब्ध गराएका छन् । त्यसैले २८ लाख १९ हजार ४०० रुपैयाँ कर्जा रकम हुन्छ । उक्त कर्जा ७ वर्षमा तिर्नेगरी ओरा फाइभको मिड भेरियन्ट किन्दा ४१ हजार १८७ रुपैयाँ तिर्दा पुग्ने छ ।

सम्पूर्ण मासिक किस्ताको बिबरण हेर्न यहाँ क्लिक गर्नुहोस् ।

यसको टप भेरियन्टको मूल्य ५१ लाख ९९ हजार रुपैयाँ छ । यसलाई किन्ने मानिसले भने माथिकै जस्तो कर्जा सर्तमा लिने हो भने मासिक ४५ हजार ५७० रुपैयाँ तिर्दा पुग्छ ।

यस्तो छ ओरा फाइभ

ओरा फाइभ विल्कुलै पृथक डिजाइनमा बनेको एसयूभी हो । आकर्षक ७ कलर मध्ये छानेर किन्न सकिने ओरा फाइभ आफ्नो रेट्रो लुक, गोलाकार हेडलाइट, स्मूद बडी लाइन र सफा रियर प्रोफाइलको कारण राम्रो मानिएको छ ।

४,४७१ एमएम लम्बाइ र २,७२० एमएम ह्वीलबेस भएको एसयूभी साइजका हिसाबले कम्प्याक्ट भए पनि रोड प्रेजेन्समा निकै परिपक्व देखिन्छ । यसमा २०० एमएम अग्लो ग्राउण्ड क्लियरेन्स पाउन सकिन्छ । जुन नेपाली सडकको लागि निकै उपयोगी हुनेछ ।

ओरा फाइभमा १०० किलोवाट क्षमताको मोटर छ । उक्त मोटरले २६० न्यूटन मिटर पीकटर्क जेनेरेट गर्छ । यसमा एलएफपी ब्याट्री प्याक प्रयोग गरिएको छ। ब्याट्री साइज ५८.३ किलोवाट आवरको छ । यसको रेन्ज पनि राम्रो छ । सिंगल चार्जमा डब्लूएलटीपी रेन्ज ४३५ किलोमिटर प्रमाणित भएको छ ।

क्याबिन ओरा फाइभको बलियो पक्षमध्ये एक हो। यसमा १०.२५ इन्च डिजिटल इन्स्ट्रुमेन्ट क्लस्टर, १४.६ इन्च फ्लोटिङ टचस्क्रीन, कफी ओएस इन्फोटेन्मेन्ट सिस्टम, वायरलेस चार्जिङ, प्यानोरामिक ग्लास रूफ र प्रिमियम फिनिससहितको लेआउट दिइएको छ ।

सुरक्षाको हिसाबले पनि ओरा फाइभलाई बलियो बनाएको छ। यसमा अडाप्टिभ क्रुज कन्ट्रोल, अटो इमर्जेन्सी ब्रेकिङ, लेन किप असिस्ट, ब्लाइण्ड स्पट मनिटरिङ, रियर क्रस ट्राफिक अलर्ट, ट्राफिक साइन रिकग्निसन र ५४० डिग्री क्यामेरा जस्ता फिचर छन्। टप भेरियन्टमा लाइडारमा आधारित ड्राइभर असिस्ट सिस्टम (एडास) छ।

ओरा फाइभमा ७ एयरब्याग, ९ स्पीकर, वेलकम सिट, भ्यान्टिलेटेड सिट, स्पेयर टायर र हिडन रियर वाइपर पनि पाउन सकिन्छ ।


Back_to_top