अक्सफोर्डले विकास गर्यो लिथियम आयन ब्याट्री छिटो चार्ज हुने र टिक्ने प्रविधि

काठमाडौं । अक्सफोर्ड विश्वविद्यालयका अनुसन्धानकर्ताहरूले लिथियम-आयन ब्याट्री छिटो चार्ज हुने र लामो समयसम्म टिक्ने प्रविधि विकास गरेका छन् ।

उनीहरूले लिथियम(आयन ब्याट्रीको भित्री भाग स्पष्ट रूपमा हेर्न मिल्ने ‘स्टेनिङ’ प्रविधि विकास गरेका हुन् ।

वैज्ञानिकहरूले ब्याट्री भित्रका इलेक्ट्रोडहरूलाई जोडेर राख्ने ‘पोलिमर बाइण्डर’लाई हेर्नका लागि उक्त प्रविधि विकास गरेका हुन् । यो प्रविधिले १० न्यानोमिटर जति पातलो तहलाई पनि इलेक्ट्रोन माइक्रोस्कोपमार्फत स्पष्ट देखाउँछ । यसअघि यी बाइण्डरहरू कहाँ र कसरी बसेका छन् भनेर हेर्न असम्भव जस्तै थियो।

‘स्टेनिङ’ प्रविधिमा चाँदी र ब्रोमिन जस्ता मार्करहरू प्रयोग गरिएको छ । यसले बाइण्डरको वितरणलाई सुधार्दा ब्याट्री भित्रको आन्तरिक अवरोध ४० प्रतिशत सम्मले घटेको पाइएको छ। जसले ब्याट्री पहिलेको तुलनामा धेरै छिटो चार्ज हुन सक्छ।

यो प्रविधि हाल प्रयोगमा रहेका मोबाइल र गाडीका ब्याट्रीका साथै भविष्यमा आउने ‘सिलिकन’ आधारित ब्याट्रीहरूमा पनि प्रयोग गर्न सकिन्छ।

यो अनुसन्धानले ब्याट्री बनाउने तरिकामा ठूलो परिवर्तन ल्याउने अपेक्षा गरिएको छ । जसले गर्दा विद्युतीय गाडी र स्मार्टफोनका ब्याट्रीहरू थप बलियो र टिकाउ हुने छन् ।

विश्व विद्यालयका सहलेखक प्राफेसर प्याट्रिक ग्रान्ट (सामग्री विभाग, अक्सफोर्ड विश्वविद्यालय)ले नयाँ प्रविधिले याट्रीको दीर्घायु र कार्यसम्पादनलाई असर गर्ने प्रमुख सतह प्रक्रियाहरू बुझ्न मद्दत गर्ने बताएका छन् । यो कामलाई फराडे इन्स्टिच्युसनको नेक्स्ट्रोड परियोजनाले सपोर्ट गरेको थियो ।

उनले भने ‘रसायन विज्ञान, इलेक्ट्रोन माइक्रोस्कोपी, इलेक्ट्रोकेमिकल परीक्षण, र मोडेलिङ फैलिएको यो बहु अनुशासनात्मक प्रयासले ब्याट्रीको दीर्घायु र कार्यसम्पादनलाई असर गर्ने प्रमुख सतह प्रक्रियाहरू बुझ्न मद्दत गर्ने एक नवीन दृष्टिकोणको परिणाम दिएको छ। यसले ब्याट्रीको रेन्जको प्रगतिलाई अगाडि बढाउनेछ ।’


Back_to_top