काठमाडौं । टाटा कमर्सियल गाडीहरूका लागि आजदेखि होली सर्भिस क्याम्प सुरू भएको छ ।
नेपालका लागि टाटाको आधिकारिक बिक्रेता सिप्रदी ट्रेडिङले चाडपर्वको बेला ढुक्कसँग आफ्नो व्यवसाय संचालन गर्न सहयोग पुगोस् भन्ने उद्देश्यले कमर्शियल गाडीका लागि सर्भिस क्याम्प आयोजना गरेको हो ।
उक्त सर्भिस क्याम्प फागुन १५ गतेसम्म देशभर रहेका सिप्रदीका २० वटै सर्भिस क्याम्प संचालन हुनेछ । उक्त क्याम्पमा ग्राहकले गाडीहरूको सुरक्षित यात्राको सुनिश्चितता प्रदान गर्नका लागि विशेष १० वटा प्वाइन्टहरू चेकजाँच गरिने छ ।
ब्रेक सिस्टम, कुलिङ सिस्टम, इन्जिन हेल्थ तथा ल्युब्रिकेशन, टायर/ह्वील सेफ्टी, इलेक्ट्रीकल सिस्टम, स्टेरिङ र सस्पेन्सन, क्लच र ट्रान्समिसन, क्याबिन सेफ्टी, च्यासिस तथा अण्डरबडी, इमरजेन्सी र सेफ्टी सम्बन्धि चेकअप सुविधाहरू रहेका छन् ।
ग्राहकले टाटा जेन्युन पार्टसमा १५ प्रतिशतदेखि २० प्रतिशतसम्म, ल्युब्रिकेन्टमा २२ प्रतिशत छुट र लेबर चार्जमा ५० प्रतिशतसम्म छुट पाउने छन् ।
सर्भिस प्यकेजमा दर्ता भएमा यही सुविधा एक वर्षसम्म पाउन सकिने व्यवस्था कम्पनीले गरेको छ । प्रि सर्भिस बुकिङ गरी वर्कशप आउने भाग्यशाली तीन जान ग्राहकहरूलाई स्र्माट फोन जित्ने सुर्वण अवसर पाउने छन् । यस अवधिभरमा २००० भन्दा बढी गाडीहरूको चेकअप गर्र्ने लक्ष्य कम्पनीले लिएको छ ।

