काठमाडौंमा इलेक्ट्रीक बस चलाउन प्रदेश ३ सरकारले ३० करोड दिने

काठमाडौं । प्रदेश नम्बर ३ सरकारले इलेक्ट्रीक बस सञ्चालन गर्न ३० करोड रुपैयाँ दिने भएको छ । साझा यातायातले प्रदेश ३ सरकारले दिएको उक्त रकमबाट इलेक्ट्रीक बस ल्याई उपत्यकामा चालउने छ । 

साझा यातायातलाई इलेक्ट्रीक बस खरिदका लागि प्रदेश सरकार, काठमाडौं महानगरपालिका र ललितपुर महानगरपालिकाले सहयोग गर्ने भएको हो ।

विद्युतीय बस खरिदका लागि प्रदेश नम्बर ३ का आर्थिक मामिला तथा योजना मन्त्री कैलाशप्रसाद ढुंगानाले ३० करोड रुपैयाँ हस्तान्त्रण गरेका छन् । ललितपुर महानरपालिकाले २ करोड ५० लाख रुपैयाँ सेयर लगानी गरेको हो । 

यस्तै काठमाडौं महानगरपालिकाले साझालाई इलेक्ट्रीक बस खरिद गर्न १० करोड रुपैयाँ सेयर लगानी गर्नेछ । सोमबार एक कार्यक्रमबीच समझदारी पत्रमा हस्ताक्षर भएको हो । 

कार्यक्रममा प्रदेश ३ का मुख्यमन्त्री डोरमणि पौडेलले सबै ठाउँमा इलेक्ट्रीक बस सञ्चालन गर्नुपर्नेमा जोड दिए । काठमाडौंलाई धुलोमुक्त बनाउन प्रदेश सरकारले लगानी गर्न लागेको मुख्यमन्त्री पौडेलले बताए । काठमाडौं उपत्यका भित्र फ्लाई ओभर, आकासे पुल आवश्यकताका आधारमा प्रदेश सरकारले निर्माण गर्ने बताए ।

काठमाडौंलाई सफा र हरियाली बनाउन १० देखि १२ वटा ब्रुमर, विभिन्न ठाउँमा १० वटा आकाशे पुल तथा फ्लाई ओभर बनाउ प्रदेश सरकारले सहयोग गर्ने भएको छ । 


Back_to_top