बजाज पल्सर १५०को नयाँ मोडल डबल च्यानल एबिएस भर्सन सार्वजनिक हुने तयारी भइरहेको समयमा १५०को लिमिटेड एडिसनसमेत परिक्षणको क्रममा देखिएको छ । भारतको तमिलनाडुमा देखिएको उक्त बाइकमा कस्मेटिक साथै केहि अन्य फिचरमा परिर्वतन गरिएको भारतीय अटो अनलाइन रसलानेले उल्लेख गरेको छ । उक्त मोडललाई कम्पनीले चाडै बजारमा ल्याउने अनुमान गरिएको छ । तस्बिरमा देखिए अनुसार लिमिटेड अडिसन १५० को बडी मा रातो कलरको प्रयोग गरिएको छ ।
बाइकको पाइलट ल्याम्पको हाउजिङमा समेत रातो लाइन देख्न सकिन्छ । पल्सरको लोगो फियुल ट्याङकको मध्य भागमा प्रयोग गरिएको छ । उक्त लोगो समेत रातो कलरमा नै देखिएको छ ।
टेल पार्टमा पल्सर १५० को लोगो लगाइएको छ । हाल यसको कस्मेटीक अपडेट मात्र देखिएको छ भने यसको बाँकी फिचर परिवर्तन भए नभएको जानकारी कम्पनीले बाहिर ल्याएको भने छैन ।
पल्सर १५०को रेगुलर भर्सनमा १४९ सीसी एयरकूल्ड इन्जिन रहेको बाइकको पफर्मेन्स इम्प्रुभका लागि ट्वीकिङ्गहरू दिइएको छ । यसमा लगाइएको इन्जिनले १४ पीएस र १३.४ एनएम–टर्क उत्पादन गर्छ । फाइभ–स्पीड गियरबक्स जडान गरिएको पल्सर १५० यो सेग्मेन्टमा निकै पावरफुल बाइकमा पर्दै आएको छ ।

