२०१८मा सार्वजनिक भएका पाँच दमदार स्कुटर, कुन–कुन आए नेपाल ?

सहरी क्षेत्रमा यात्रा गर्नका लागि दुईपांग्रे सवारी स्कुटर निक्कै उपयोगी मानिन्छ । विगतमा महिलाले मात्र चलाउने भनेर चिनिएको स्कुटर अहिले युनिसेक्स सवारीका रुपमा स्थापित जस्तै भइसकेको छ । 

परिणामत कम्पनीहरुले नयाँ स्कुटर सार्वजनिक गर्ने ट्रेन्ड पनि बढदै गएको छ । भारतमा सन् २०१८ मा सार्वजनिक भएका ५ उत्कृष्ट स्कुटर बारे यहाँ चर्चा गरिएको छ । यहाँ उल्लेखित स्कुटर अधिकांश स्कुटर नेपाली बजारमा समेत उपलब्ध भैसकेका छन् ।  

होन्डा एक्टिभा ५जी

होन्डा एक्टिभा स्कुटरको नयाँ भर्सन ५जी यो वर्षको फेब्रुअरीमा सार्वजनिक भएको हो । यसलाई नेपाली बजारमा कम्पनीले अहिलेसम्म उपलब्ध गराएको छैन । नेपालको लागि आधिकारीक वितरक स्याकार कम्पनी स्रोतका अनुसार यो स्कुटर नेपाली बजारमा तत्काल आउने छैन ।

भारतीय बजारमा सार्वाधिक बिक्री हुने एक्टिभा ५जीको मूल्य ५३ हजार ८ सय ६५ देखि ५५ हजार ७ सय ३० भारतीय रुपैयाँसम्म रहेको छ । १ सय १० सीसीको यो स्कुटरमा १८ लिटरको स्टोरेज डिकी रहेको छ । यो स्कुटरमा एलइडी हेड ल्याम्प र टेल ल्याम्प रहेको छ । 

हिरो डेस्टिनी


हिरोको नयाँ स्कुटर डेस्टिनी अक्टोबरमा सार्वजनिक भएको हो । यो स्कुटरमा अप्सनल फ्रन्ट डिस्क ब्रेक, इन्टिग्रेटेड ब्रेकिङ सिस्टम, एक्सटरनल फ्युल फिलिङ जस्ता विशेषता रहेका छन् । यो स्कुटरको मूल्य ५४ हजार ६ सय ५० देखि ५७ हजार ५ सय भारुसम्म रहेको छ । हिरो डेस्टिनी १ सय २५ सीसीको स्कुटर हो । नेपाली बजारमा संभवत जनवरीबाट यो स्कुटर उपलब्ध हुने हिरोको आधिकारीक वितरक नेपाल जनरल मार्केटिङ स्रोतले जानकारी दिएको छ ।  

टीभीएस एनटर्क


टीभीएस एनटर्कमा एडइडी स्क्रिन रहेको छ जहाँ ब्लुटुथ कनेक्सन हुन्छ । यस्तो विशेषता भारतमा उत्पादन भएको स्कुटर सेगमैन्टमा नै पहिलो हो । १ सय २५ सीसीको यो स्कुटर भारतीय उपभोक्ताले निक्कै मन पराएका छन् । सिंगल सिलिन्डल एयर कुल्ड इन्जिनयुक्त यो स्कुटरले ९.३ बीएचपी पावर र १०.५ एनएम टर्क दिन्छ । नेपाली बजारमा जगदम्बा मोटरले आधिकारीक वितरकको रुपमा विगत दुई महिनादेखि बिक्री वितरण गर्दै आएको छ । यसको नेपाली बजारमा मूल्य २ लाख २४ हजार ९०० रहेको रहेको छ । 

यामाहा रे–जेडआर स्ट्रिट -याली


जापानी कम्पनी यामाहाको स्कुटर रे–जेडआर स्ट्रिट -याली १ सय १३ सीसीको स्कुटर हो । ब्लूकोर इन्जिन भएको यो स्कुटरले ७.१ बीएचपी पावर र ८.१ एनएम टर्क दिन्छ । यो स्कुटरमा १ सय ७० एमएमको डिस्क ब्रेक लगाइएको छ भने, २१ लिटरको स्टोरेज क्षमता रहेको छ । 

एमएडब्ल्युले नेपाली बजारमा बिक्री वितरण गर्दै आएको यो स्कुटर भदौमा नेपाली बजारमा सार्वजनिक गरिएको हो । नेपाली बजारमा यसको मूल्य २ लाख ८ हजार ९०० रुपैयाँ रहेको छ ।  

सुजुकी बर्गम्यान


सुजुकीले यो स्कुटर २०१८ को अटो एक्सपोमा पहिलो पटक सार्वजनिक गरेको थियो । १ सय २५ सीसीको यो स्कुटरको मूल्य ६८ हजार भारु तोकिएको छ । यो स्कुटरको हेड लाइट र टेल लाइट दुबै एलइडी हो । २१.५ लिटर स्टोरेज भएको यो स्कुटरमा युएसबी फोन चार्जिङ सुविधा रहेको छ । १ सय ८ किलो तौलको बर्गम्यानमा ५.६ लिटरको इन्धिन ट्यांकी रहेको छ । भदौमा नै नेपाली बजारमा ल्याउने भनिएको यो स्कुटर चाँडै नेपाल ल्याउने तयारी भइरहेको बुझिएको छ ।


Back_to_top