एनपीएल हेर्न जानेलाई यी ५ ठाउँमा पार्किङको व्यवस्था

काठमाडौं । काठमाडौंको कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदानमा आजदेखि सुरू हुने नेपाल प्रिमियर लिग (एनपीएल) हेर्ने जाने दर्शकहरूलाई ५ ठाउँमा निःशुल्क पार्किङको व्यवस्था मिलाइएको छ ।

खेल हेर्न सवारी साधन लिएर जाने दर्शकको सुविधाका लागि ५ ठाउँमा पार्किङको व्यवस्था मिलाइएको हो ।

काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालयका अनुसार भीभीआइपी र भीआइपी व्यक्तिहरूको सवारीका लागि टीयू ग्राउण्ड मेन गेट भित्र पार्किङ व्यवस्था मिलाइएको छ ।

त्यस्तै, दर्शकका सवारी साधनलाई तीनकुने नजिकको ग्राउण्ड , घडी आइल्याण्डको नजिकको ग्राउण्ड, आयुर्वेदिक अस्पताल परिसर, टीयूगेटदेखी भीसी कार्यालयसम्मको सडक किनार, सुन्दरीघाट सानेपा खोला करिडोरमा पार्किङ स्थान तोकिएको छ ।

जथाभावी पार्किङ नगरी तोकिएको स्थानमा मात्र पार्किङ गर्न ट्राफिक प्रहरीले सबैमा अनुरोध समेत गरेको छ ।


Back_to_top