काठमाडौं । कोरियन अटोमोबाइल कम्पनी हुन्डाई र अमेरिकी अटो कम्पनी जनरल मोटर्सले बुधबार नयाँ पार्टनशिपको घोषणा गरेका छन् ।
दुई कम्पनीले सन् २०२८ सम्म आफ्नो पहिलाे संयुक्त उत्पादन बजारमा ल्याउने गरी साझेदारी गरेका हुन् ।
यी दुई कम्पनीले निकट भविष्यमै संयुक्त रूपमा विकास गरिने प्ल्याटफर्ममा ५ वटा नयाँ ईभी मोडल लन्च गर्ने योजना बनाएका छन् । यसमा एक कमर्शियल इलेक्ट्रीक भ्यान समेत रहेको बताइएको छ ।
अरु चार मोडलहरूमा कम्प्याक्ट एसयूभी, मिडसाइज पिकअप, कार र अर्को पिकअप रहेको छ जसको साइज खुलाइएको छैन । यी ईभीहरू सेन्टर र साउथ अमेरिकी बजारमा बिक्री गरिने छ ।
जनरल मोटर्सले हुन्डाईको बेसको इलेक्ट्रीक भ्यान अमेरिकी बजारमा लन्च गर्ने योजना बनाएको छ । जनरल मोटर्स र हुन्डाईको पार्टनरशिपमा ८ लाख गाडीहरू उत्पादन गर्ने योजना रहेको छ । यो पार्टनरशिपको पहिलो उत्पादन सन् २०२८ मा मात्र लन्च हुनेछ ।
इलेक्ट्रीक भेहिकल उत्पादनको यो नयाँ ज्वाइन्ट भेन्चरसँगै नयाँ टेक्नलोजीको सम्भावनाका बारेमा समेत एक्स्प्लोर गरिरहेको छ । जनरल मोटर्सले हुन्डाईले विकास गरेको हाइड्रोजन फ्युलसेलको सम्भावनाका बारेमा समेत सोचिरहेको बताएको छ ।
हुन्डाईले फ्युलसेल टेक्नलोजीमा आधारित नेक्सो उत्पादन गरिरहको छ । हुन्डाईले हाइड्रोजन नेक्सोको सेकेण्ड जेनेरेशन मोडल उत्पादन गरिरहेको छ ।

