पेट्रोलको मूल्य ८ रुपैयाँसम्मले बढ्न सक्ने, ग्यासको कति घट्ला ?

काठमाडौं । भारतबाट पेट्रोलियम पद्धार्थको मूल्य बढेर आएको छ । अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको भाउ बढेसँगै इन्डियन आयल कर्पोरेशन (आइओसी)ले पनि नेपाल आयल निगमलाई भाउ बढाएर नयाँ मूल्य सूची पठाएको हो ।

नयाँ मूल्यसूची अनुसार डिजेल, पेट्रोलको भाउ बढर आएको छ भने एलपी ग्यासको घटेको छ । पेट्रोल प्रतिलिटर ७.८७ रुपैयाँ र डिजेल ६.६१ रुपैयाँ बढेर आएको निगमले जनाएको छ ।

यस्तै, खाना पकाउने एलपी ग्यासको मूल्य भने प्रतिसिलण्डर करिब १०० रुपैयाँ घटेर आएको छ । निगमले गत साउन १ गते देखि स्वचालित मूल्य प्रणाली लागू गरेकाले अब डिजेल र पेट्रोलको मूल्य बढ्ने भएको छ भने ग्यासको घट्ने छ ।

यद्यपि, मूल्यकाे घटबढकाे बिषयमा निगमले औपचारिक घोषणा भने गरेको छैन । अन्तर्राष्ट्रि बजारमा हुने घटबढ अनुसार आइओसीले हरेक १५/१५ दिनमा निगमलाई नयाँ मूल्य सूची पठाउने गरेको छ ।


Back_to_top