पियाजीओले अपडेट गर्यो, तीन पाङ्ग्रे स्कुटर ‘एमपी थ्री–३००’

इटालियन टु–ह्वीलर निर्माता कम्पनी पियाजीओले आफ्नो तीनपाङ्ग्रे स्कुटर एमपी थ्री–मोडललाई परिमार्जन गरेर सार्वजनिक गरेको छ । कम्पनीले उक्त परिष्कृत तीन पाङ्ग्रे स्कुटरलाई इटलीको मिलानमा चलिरहेको EICMA इन्टरनेशनल मोटर शो–२०१८ मा सार्वजनिक गरेको हो । 

कम्पनीले बजारमा उपलब्ध अन्य म्याक्सी स्कूटरको तुलनामा स्कूटरलाई थप कम्प्याक्ट तथा चुस्त बनाउने उद्देश्यसहित एमपी थ्री–३०० एचपीई र एचपीई–स्पोेर्ट दुई–भर्सनमा बजारमा ल्याउने घोषणा गरेको हो ।

यी स्कूटरमा ३०० सीसी क्षमताको फोर–भल्भ लिक्विड–कुल्ड सिंल–सिलिन्डर, फोर–स्ट्रोक इन्जिन लगाइएको छ । यसले ७७५० आरपीएममा २४.३ बीएचपी पावर उत्पादन गर्छ । 

नयाँ इन्जिनले पुरानो इन्जिनको तुलनामा १६ प्रतिशत बढी पावर उत्पादन गर्ने कम्पनीले जनाएको छ । पुरानो इन्जिनले ६५ सय आरपीएममा जम्मा ९ देखि १८ प्रतिशतमात्रै पावर उत्पादन गर्थ्यो ।

इन्जिन मोटरमा मात्रै नभई पियाजीओले स्कूटरकको स्टाइलमा समेत परिमार्जन गरेको छ । यसमा न्यू–डे टाइम–रनिङ लाइटको प्रयोग गरिएको छ ।

स्पोर्टी मगार्डलाई आकर्षकढङ्गबाट सजाइएको छ भने एलईडी पार्किङ्ग र ब्रेक लाइटले आधुनिक डिजाइनलाई पूर्णता दिएको छ । आकर्षक कलर अप्शनमा उपलब्ध एमपी थ्री–स्कूटर निकै आरामदायक भएको कम्पनीको दाबी छ । 

स्कूटरको सिटमुनि रहेको खाली भागमा दुईवटा हेल्मेट अट्ने कम्पनीको दाबी छ । इन्स्ट्रुमेन्ट क्लस्टरसहित उपलब्ध यो स्कुटरमा साना डिभाइस चार्जका लागि यूएसबी कनेक्शन पोर्ट दिइएको छ । 

एमपी थ्री–३०० एचपीई स्पोर्ट स्कूटरलाई स्ट्यान्डर्ड बनाउनको लागि विभिन्न विशेषता दिइएको थियो । यसको फ्रन्ट र रियरमा रातो रङ्गको एबसर्बर स्प्रीङ्ग लगाइएको छ ।


Back_to_top