काठमाडौं । पहिलो पटक उपत्यका बाहिर हुन लागेको वृहत अटो शोको कारण पोखरा अहिले चर्चामा छ । गण्डकी अटोमोबाइल्स संघको आयोजनामा अटो शोको पूर्वसन्ध्यामा ‘पोखरा मोटर ¥याली २०२५’ आयोजना गरेको हो ।
गण्डकी प्रदेशका सामाजिक विकास, युवा तथा खेलकुद मन्त्री बिन्दुकुमार थापाले उद्घाटन गरेको मोटर र्यालीमा ७३ जना प्रतिस्पर्धी सहभागि थिए । जसमा ५३ जना पुरुष र २० महिला ड्राइभर सहभागि थिए ।
प्रतियोगितामा पुरुष क्याटेगोरीमा शोभित मान बुद्धाचार्य (ड्राइभर) र सुशिन लामा (नेभिगेटर) ले प्रथम स्थान प्राप्त गरे । त्यस्तै, दोस्रो स्थान सुमन बिजुक्छे र रोजिना रञ्जित बिजुक्छेले हासिल गरे । सुनिल श्रेष्ठ र अनिल श्रेष्ठ तेस्रो स्थानमा रहे ।
महिला क्याटेगोरीमा तिसा जोशी र रेजिना श्रेष्ठले प्रथम स्थान हासिल गरे । रोमिका बुद्धाचार्य र चिरायु शेरचन दोस्रो स्थानमा रहे भने, शोभा केसी र सरोज कायस्थ तेस्रो स्थानमा रहे ।
यो मोटर ¥यालीलाई नेपाल अटोमोबाइल्स एसोसिएसनको मार्शल तथा ट्रेनिङ्ग कमिसनबाट प्रशिक्षित मार्शलहरूले व्यवस्थित रूपमा सञ्चालन गरेका थिए । प्रतियोगिताले पोखराको पर्यटन प्रवद्र्धनमा टेवा पुर्याउनुका साथै मोटरस्पोट्र्सका प्रतिभाहरूलाई उजागर गर्ने अवसर प्रदान गरेको गण्डकी अटोमोबाइल्स संघका अध्यक्ष शिव श्रेष्ठले बताए ।

