काठमाडौं । निसानले नयाँ एसयूभीको ब्राजिलमा परीक्षण सुरु गरेको छ । जापानी उत्पादकले नयाँ जेनेरेशन रेनो डस्टरमा आधारित एसयूभीको परीक्षण सुरु गरेको हो ।
पूर्णतया ढाकेर परीक्षण सुरु भएको एसयूभीमा धेरै कुरा बाहिरबाट देख्न सकिदैन । तर, निसानको सिग्नेचर भी–मोसन ग्रिल डिजाइन नयाँ एसयूभीमा पनि रहनेछ । अंग्रजी अक्षर वाई आकारको एलइडी डे टाइम रनिङ लाइट र मस्कुलर बम्पर देख्न सकिन्छ ।
ब्राजिलमा निसानले नयाँ जेनेरेशन किक्सको सट्टामा यो मोडल ल्याउने छ । नयाँ एसयूभी निसान किक्सभन्दा केही सानो हुने छ । नयाँ जेनेरेसन किक्सको लम्बाइ ४३६६ एमएम हुनेछ । भारतमा भने नयाँ जेनेरेशन किक्स नै उत्पादन हुने अनुमान गरिएको छ ।
निसानले नयाँ एसयूभी १.० लिटर टर्बो पेट्रोल, १.६ लिटर पेट्रोल स्ट्रङ हाइब्रिड र १.२ लिटर पेट्रोल माइल हाइब्रिड इन्जिनमा उपलब्ध गराउने छ । यी इन्जिनले १३० पीएसदेखि १७० पीएससम्म पावर प्रदान गर्नेछ । फोर ह्वील ड्राइभमा पनि उपलब्ध हुने नयाँ एसयूभीको नामभने अहिलेसम्म बाहिर आएको छैन ।

