पोप फ्रान्सिसले लिलामीमा बेचे आफु चढ्ने कार, मूल्य ९ करोड

काठमाडौं । पोप फ्रान्सिसले हस्ताक्षर गरेको लेम्बोर्गिनी ‘हुराक्यान आरडब्ल्युडी’ ८ लाख ६१ हजार ५ सय ७५ अमेरिकी डलर अर्थात करिब ९ करोड नेपाली रुपैयाँमा लिलामी गरिएको छ । 

यो विशेष प्रकारले निर्माण गरिएको लेम्बार्गिनीले पोपको व्यक्तिगत प्रयोगको लागि नै निर्माण गरेको थियो । २०१७ को नोभेम्बरमा पोपले उक्त कारमा  हस्ताक्षर गरेका थिए । यो लिलामी १२ मे २०१८ मा मोन्टे कार्लाेको ग्रिमाल्डी फोरममा गरिएको हो । 

यसमा ५.२ लिटर पेट्रोल भि१० इन्जिन दिइएको छ । यो इन्जिनले ८००आर पिएममा ५७० हर्ष पावर तथा ६५०० आरपिएममा ५४० न्युटन मिटर टर्क उत्पादन गर्छ । कारको इन्जिन ७ स्पिड डुअल क्लच ट्रान्समिसनले ढाकिएको छ ।

यो कारले ० देखि १०० किलोमिटर रफ्तार पकड्न ३.४ सेकेण्ड समय लगाउँछ । यसको टप स्पिड क्षमता ३२० किलोमिटर रहेको छ । यसको बजार मूल्य भने ५ करोड रुपैयाँ हारहारीमा रहेको छ । 


Back_to_top