थाहापार्इ राख्नुस्, कारमा लगार्इएकाे एयरब्यागले कसरी काम गर्छ ?

काठमाडौं । कार निर्माताहरुले कारमा एबीएसको साथै एयरब्याग पनि अनिवार्य रुपमा दिन सुरु गरेका छन् । एबिएस, ब्रेकजस्तै एयरब्याग कारको एक सेफ्टी फिचर हो । 

आजभोलि, बजारमा धेरै प्रकारको एयरब्याग आउँने गर्छ र यो कारको विभिन्न भागहरुमा लगाइएको हुन्छ । यो एयरब्याग कारको स्टेयरिङ, ह्वील, ढोका ड्यासबोर्ड, छतजस्ता स्थानमा राखिएको हुन्छ । 

कटनबाट बनेको यस एयरब्यागमा सिलिकनको कोटिङ गरिएको हुन्छ । दुर्घटनाको समयमा जब यो फूल्छ, तब यसमा नाइट्रोजन ग्याँस भरिन्छ ।

यसरी गर्छ एयरब्यागले काम 

दुर्घटनाको समयमा, कारको रफ्तार अनुसार यसको एयरब्याग खुल्छ । कारले कुनै चिजमा ठक्कर दिदाँ यसको एक्सिलेरोमिटर सर्किट सक्रिय हुन्छ र यस सर्किटले एक इलेक्ट्रिकल करेन्ट पठाउछ, जसले सेन्सर एयरब्यागलाई सिग्नल दिन्छ । एयरब्याग, एक सेकेन्ड भन्दा कम समयमा लगभग ३२० किलोमिटर प्रति घन्टाको रफ्तारमा फुल्छ । 

सिट बेल्ट र एयरब्यागको सम्बन्ध रहेको हुन्छ । घटनाको समयमा एयरब्याग खोल्न, सीट बेल्ट लगाउनु जरूरी छ । त्यसैले, सधैँ सिट बेल्ट लगाएर मात्र यात्रा गर्नुहोस् ।

एयरब्यागलाई विभिन्न नामले चिनिन्छ, जस्तै सप्लिमेन्ट्री रिस्ट्रेन सिस्टम, एयर कुशन रिस्ट्रेन सिस्टम र सप्लिमेन्टल इन्फÞ्लेट रिस्ट्रेन सिस्टम ।

एयरब्याग टाइममा परिवर्तन गर्नुहोस् 

कार निर्माताहरुले एयरब्याग परिवर्तन गर्नको लागि एक समयसीमा तय गरेका हुन्छन् । यो एयरब्याग इग्निटरमा निर्भर गर्छ । यदि कुनै कारणले एयरब्याग खुलेको छ या क्षतिग्रस्त छ भने यसलाई तुरुन्तै आधिकारीक डिलर वा वर्कशपमा लगेर बनाउनु पर्छ । 

सधैँ याद राख्नु पर्ने कुरा यो हो भने, एयरबयागलाई कहिल्यै पनि चाइल्ड सिटको अगाडि राख्नुहुन्न ।  १३ वर्ष भन्दा कम उमेरको बच्चाहरुलाई अगाडी सिटमा नराखेकै उचित ठहरिन्छ । किनभने, एयरब्याग खुलेको स्थितिमा बच्चाहरुलाई एयरब्यागले गम्भिर रूपमा घाइते बनाउन सक्छ । 


Back_to_top