दशैंको अग्रिम टिकट बुकिङ खुलाउन आज छलफल हुँदै

काठमाडौं । दशैंका लागि बसको अग्रिम टिकट बुकिङ खुलाउने विषयमा आज सरोकारवाला बीच छलफल हुने भएको छ ।

भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमा आज दिउँसो यातायात व्यवसायी, ट्राफिक प्रहरीका प्रतिनिधि लगायतले अग्रिम टिकट बुकिङ खुलाउने बारे छलफल हुने भएको हो ।

छलफलपछि अग्रिम टिकट बुकिङ खुलाइने दिन तोकिने नेपाल यातायात व्यवसायी राष्ट्रिय महासंघले जनाएको छ ।

जेन जीको प्रदर्शनका कारण यातायात व्यवसायीहरूले गत मंगलबारदेखि सार्वजनिक यातायात बन्द गरेका थिए । अवस्था सामान्य भएसँगै शनिबारदेखि पुनः संचालनमा आएको छ ।

सुरक्षित र यात्रुमैत्री वातावरणको ग्यारेन्टी भए दशैंको अग्रिम टिकट बुकिङ खुलाउन आफूहरू तयार रहेको यातायात व्यवसायीहरूले बताएका छन् ।


Back_to_top