काठमाडौं । रोयल इनफिल्डले नयाँ मूल्यसूची सार्वजनिक गरेको छ । कम्पनीले जारी गरेको नयाँ मूल्यसूचीमा क्लासिक ३५० को दुई भेरियन्टको मूल्य वृद्धि भएको हो ।
रोयल इनफिल्ड मोटरसाइकलको नेपालका लागि आधिकारिक बिक्रेता अल्फा अटोमोटीभले ‘क्लासिक ३५० डार्क र क्रोम एडिशन’को मूल्य वृद्धि गरेको हो ।
कम्पनीले यी दुबै भेयिरन्टमा २५ हजार रुपैयाँले मूल्य बढाएको छ । अन्य मोडलको मूल्य भने यथावत नै राखेको छ । यसअघि ५ लाख २५ हजार रुपैयाँमा विक्री गर्दै आएको क्लासीक ३५० डार्क एडिशनको मूल्य ५ लाख ५० हजारु रुपैयाँ निर्धारण भएको छ । साथै, यसअघि ५ लाख ३० हजार रुपैयाँको क्रोम एडिशनको मूल्य ५ लाख ५५ हजार रुपैयाँ पुगेको हो ।
क्लासीक ३५० मोटरसाइकलमा ३४९ सीसी, सिंगल सिलिन्डर, फोर स्ट्रोक, एफआई इन्जिन रहेको छ । यसले २०.२ हर्सपावर तथा २७ एनएम टर्क जेनेरेट गर्छ । यसमा ५ स्पीडको गियरबक्स जडान गरिएको छ ।
यी दुबै मोटरसाइकलमा धेरै समानता रहेको छ । डार्क एडिशन फुल ब्ल्याक कलर थिममा रहेको छ भने यसमा अलोय ह्वील पाउन सकिन्छ । त्यस्तै क्रोम एडिशनमा क्रोमको प्रयोग गरिएको छ । यसमा स्पोक ह्वील उपलब्ध छ ।